PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

Careers



बिजमाण्डू र पहिलोपोस्टलाई केही रिपोर्टर र कपी एडिटर चाहिएको छ। हामी अनुभव भएका साथी खोजिरहेका छौं। तर हाम्रो मापदण्डमा फिट हुनसक्नुभयो भने कतै काम नगरे पनि समस्या छैन। तपाईँ इच्छुक हो भने सबैले बुझ्ने गरी लेख्न सक्ने भने हुनैपर्छ। अंग्रेजी र हिन्दीलाई नेपालीमा अनुवाद गर्न सक्ने र त्यसमा रमाउने हुनुपर्छ। ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जाल तपाईँका लागि अर्कै दुनियाँको शब्द हुनु भएन।

कपी एडिटर
कपी एडिटरका लागि भाषामा खेल्न सक्ने हुनुपर्छ। अनलाइनको काम अलि पत्रिकाको जस्तो हुन्छ, अलि रेडियो र टिभीको जस्तो। पत्रिकामा जस्तो सम्पादन गर्नुपर्छ। यसैकारण जीवनलाई 'जिवन' लेख्ने व्यक्ति हामीलाई उपयुक्त हुन सक्दैन। त्यसैगरी रेडियो र टिभीमा जस्तो सधैँ चनाखो रहेर तत्काल समाचार लेख्नुपर्छ। अडियन्सलाई लाइभ खबर र अपडेट दिनुपर्छ। त्यसैले हामीसँग कामको समयमा फुर्सदका लागि फुर्सद भने हुँदैन। 

रिपोर्टर
राजनीति र समाज मात्रै होइन, अर्थतन्त्रका विषयमा जानकार सबैभन्दा उत्तम। बिजमान्डूका लागि अङ्क खेलाउन जान्ने, सेयर बजार बुझे-जानेको भए त धेरै ठीक। 

पत्रकारिता अध्ययन, तालिम गर्नुभएको भए राम्रो तर अनिवार्य छैन। यद्यपि आजभोलिको पत्रकारिताको ट्रेण्ड के हो भन्ने जानकारी भने हुनैपर्छ। अर्को शब्दमा पत्रकारिताको दुनियाँ ओली, प्रचण्ड, देउवा, मधेश, भारत र चीनमा मात्र सीमित नहोस्, आसपासको हरेक खबरबारे जानकारी होस्। 

यदि तपाईँ हामीले खोजेजस्तै गर्न सक्नुहुन्छ भने हामीलाई तपाईँको व्यक्तिगत विवरण [email protected] मा पठाउनुस्। साथमा छ भने पुराना समाचारको प्रतिलिपि, नयाँ हुनुहुन्छ भने ४ सयदेखि ६ सय शब्दको तपाईंलाई मन परेको विषयमा एउटा लेख पठाउनुहोस्। जति चाँडो आवेदन गर्नुहुन्छ, अवसरको ढोका त्यति छिटो खुल्न सक्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell