PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

नेपाल vs नमिबिया : प्लेअर्स टु वाच



गोविन्दराज नेपाल

नेपाल vs नमिबिया : प्लेअर्स टु वाच

काठमाडौं : वान डे वर्ल्ड कप पुग्ने एसोसिएट राष्ट्रका लागि बाटोको रुपमा रहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू आजबाट नामिबियामा सुरु हुँदैछ। 

कूल ६ टोलीको सहभागिता रहेको यस प्रतियोगिताबाट शीर्ष दुई टोली अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछन्।

आज ३ खेल हुँदैछन्। जसमा नेपालले आयोजक नामिबियासँग खेल्दै डिभिजन टू को सुरुवात गर्दैछ। यस्तै केन्या र युएई तथा क्यानडा र ओमानबीचको खेल पनि आजै हुनेछ।

नेपाल र नामिबियाबीच भएको पछिल्लो ३ खेलमा नेपाल अपराजित छ। सन् २०१५ मा नामिबियामै भएको डिभिजन टू मा नेपालले नामिबियालाई पराजित गरेको थियो। यस्तै डब्लुसिएल च्याम्पियनसिपमा नेपालले दुवै खेलमा नामिबियालाई हराएको थियो।

तर, अहिले अवस्था फरक छ र उक्त नतिजाले खासै अर्थ नराख्न पनि सक्छ। नेपाल र नामिबिया दुवै टोली डब्लुसिएल च्याम्पियनसीपमा शीर्ष चारमा पर्न असफल भएपछि डिभिजन टू मा घटुवा भएका हुन्। 

पहिलो खेल भएकाले नेपाल र नामिबिया दुवैका लागि महत्वपूर्ण छ र दुवै टोली जितका साथ प्रतियोगिता सुरु गर्ने योजनामा छन्। 
नेपाल र नामिबियाबीचको खेलमा हेर्न लायक खेलाडी।
 

ज्ञानेन्द्र मल्ल (नेपाल)

तीन वर्ष अघि नामिबियामा भएको डिभिजन टू मा नेपालको लागि सर्वाधिक २३६ रन बनाउने खेलाडी। नेपालले भर्खरै गरेको युएई टुरमा पनि सर्वाधिक १९६ रन बनाउने खेलाडी। जहाँ उनले दोस्रो अभ्यास खेलमा १५४ रन बनाएका थिए। र नेपाली टोलीको इनिङ्स सुरुवात गर्ने खेलाडी।
यति भनिसकेपछि ज्ञानेन्द्र मल्लको महत्व कति छ थाहा हुन्छ। तीन वर्ष अघि उनी नेपाली टोलीको मिडल अर्डरमा ब्याटिङ गर्थे तर अब नेपालको इनिङ्स कसरी अगाडि बढाउने ज्ञानेन्द्रको हातमा छ। उनलाई विकेटकिपर ब्याट्सम्यान दिलिप नाथले साथ दिनेछन्। ज्ञानेन्द्रले कति रन हान्न सक्छन् त्यसैमा नेपालको स्कोर तय हुन सक्छ।

प्रशिक्षक जगत टमाटाले युएई टुर गर्नु अघि नेपालले कम्तीमा पनि २६०/२७० रन बनाउनुपर्ने बताएका थिए। त्यहाँसम्म डोहोर्यागउनका लागि ज्ञानेन्द्रको भूमिका महत्वपूर्ण हुनसक्छ।
 

जान निकोलस (जेएन) फ्राइलिन्क (नामिबिया)

जेएन प्राइलिन्क भर्खर २३ वर्षका मात्र भए। तर, उनको रन बनाउने र विकेट लिने क्षमता गज्जबको छ। डिभिजन टू अघि दक्षिण अफ्रिकाको रिजनल वान डे कप खेलेको नामिवियाका लागि उनी सर्वाधिक रन बनाउने सूचीमा अगाडि छन्। उनले २ शतकको मद्दतमा ३६२ रन बनाएका थिए। 

यस्तै ७ खेलमा १४ विकेट लिएका फ्राइलिन्क सर्वाधिक विकेट लिनेको सूचीमा सी क्लासेनसँगै संयुक्त रुपमा दोस्रो स्थानमा छन्। 

दक्षिण अप्रिकामा जनमेका फ्राइलिन्कले यसअघि दक्षिण अफ्रिकाको यु-१९ टोलिको प्रतिनिधित्व समेत गरिसकेका छन्। उनले सन् २०१२ को युवा विश्वकप दक्षिण अफ्रिकाबाट खेलेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell