PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डिस होमले अब राजधानी तथा मोफसलका फुटबल खेलहरु लाइभ गर्ने



पहिलोपोस्ट

काठमाडौं : डिस होमले अब नेपाली फुटबलको लाइभ ब्रोडकास्ट गर्ने भएको छ। राजधानी तथा मोफसलमा संचालन हुने ए डिभिजन स्तरीय फुटबल खेलहरुको डिस होममा प्रत्यक्ष प्रशारण हेर्न पाउने भएका छन्।

 डिस होमले यही वैशाख १६ गते देखि २३ गते सम्म नेपालगञ्जमा संचालन हुने प्रथम नेपागञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को आफ्नो च्यानल नं ११४ मा प्रत्यक्ष प्रशारण गर्ने जानकारी दिएको छ।

'नेपाली फुटबलको विकास र नेपाली फुटबल प्रशंसकहरुले देशभर संचालन हुने बिभिन्न फुटबल प्रतियोगिताहरु घरमै बसी प्रत्यक्ष प्रशारण हेर्न पाउन् भन्ने उद्देश्यले हामीले यसको सुरुवात गरेका हौं,' डिसहोमका नायव महाप्रवन्धक कल्याण अधिकारीले भने 'नेपाली फुटबल समर्थकहरुको सुझाव र उत्साहजनक हौसलाले गर्दा हामीले देशभर संचालन हुने प्रतियोगिताहरु दर्शकहरुमाझ प्रत्यक्ष लिएर आउन लागेका हौं।'
 
नेपालगंज गोल्ड कप बैशाख १६ गते देखि नेपागञ्ज रंगशालामा आयोजना हुँदैछ। यस प्रतियोगितामा त्रिभुवन आर्मि क्लब, ए पी एफ, सरस्वती क्लब, वेष्ट काठमाण्डौ एफसी, नेपालगञ्ज ११, सुदुर पश्चिम ११, रुपन्देही ११ र लखनउ (भारत) लगाएतका टिमहरु प्रतिस्पर्धा गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell