PahiloPost

Apr 12, 2021 | ३० चैत्र २०७७

  • नागार्जुनको जंगलको आगो नियन्त्रणका लागि सुन्दरीजलबाट हेलिकप्टरमा यसरी लगियो पानी

    नागार्जुनको जंगलको आगो नियन्त्रणका लागि सुन्दरीजलबाट हेलिकप्टरमा यसरी लगियो पानी

    काठमाडौँ: काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी लगिएको छ। सुन्दरीजलबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टरले आगलागी नियन्त्रणका लागि पानी लगिएको हो। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकल पनि प्रयोग भएको थियो। डढेलो नियन्त्रणमा सुन्दरीजलको पानी। pic.twitter.com/UXTfSoNDtH — Madhav Belbase (@BelbaseMadhav) April 11, 2021  

    विस्तृतमा पढ्नुस्

  • ६० जनाको परीक्षण गर्दा वीरगंजमा २८ मा कोरोना पुष्टि, स्वास्थ्य मापदण्ड पालना न्यून

    ६० जनाको परीक्षण गर्दा वीरगंजमा २८ मा कोरोना पुष्टि, स्वास्थ्य मापदण्ड पालना न्यून

    वीरगंजः वीरगंज पुनः कोरोना संक्रमणको हटस्पट बन्ने संकेत देखिएको छ। नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको पर्सा-बाराका ६० जनाको स्वाब परिक्षण गर्दा पर्साका २३ र बाराका ५ गरी कुल २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालका कोभिड संयोजक सरोजरोशन दासका अनुसार २८ जनामध्‍ये १७ जना पुरुष र ११ जना महिला छन्। पछिल्लो समय भारतमा दैनिक करिब डेढ लाखको हाराहारीमा…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

    चितवनमा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

    काठमाडौं : चितवनको राप्ती नगरपालिका ११ आमपानीस्थित चिउडेखोला भन्ने स्थानमा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। थाकलटारबाट चिउडेखोलातर्फ आइरहेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। ट्र्याक्टरमा करिब २०/२५ जना सवार रहेको प्रहरीको अनुमान छ। दुर्घटनामा ट्र्याक्टरमा सवार अन्य गम्भीर घाइते…

    विस्तृतमा पढ्नुस्

  • गायक उदेश श्रेष्ठले ल्याए ‘मलाई तिमी मन पर्‍यो’

    गायक उदेश श्रेष्ठले ल्याए ‘मलाई तिमी मन पर्‍यो’

    काठमाडौं : गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाई तिमी मन पर्‍यो’ सार्वजनिक गरेका छन्। क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा उदेशकै स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा स्वयं गायक श्रेष्ठ नै फिचर्ड छन्। गीतमा उनलाई, माङ्गसा लिम्बु, सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ दिएकी छिन्। गीतमा उदेशकै संगीत रहेको छ भने शब्दमा अर्जुन पासवानले सघाएका छन्। भिडियोको…

    विस्तृतमा पढ्नुस्

  • 'पिङ-पङ डिप्लोमेसीको ५० वर्ष': टेबल टेनिसले जोडेको चीन-अमेरिका सम्बन्ध

    'पिङ-पङ डिप्लोमेसीको ५० वर्ष': टेबल टेनिसले जोडेको चीन-अमेरिका सम्बन्ध

    चीनले अमेरिकी टेबल टेनिस टिमलाई ऐतिहासिक भ्रमणमा निम्तो दिएको आधा शताब्दी बितिसकेको छ। तर, उक्त क्षण अहिले पनि स्मरण भइरहन्छ 'पिङ-पङ डिप्लोमेसी'को रूपमा। अझै परिवर्तित विश्वमा यसको गहिरो प्रभाव रहँदै आएको छ। शनिबार साङ्घाइमा विशेष विशेष कार्यक्रमको आयोजना भयो- 'पिङ पङ डिप्लोमेसी'को ५०औँ वर्षगाँठ मनाउने क्रममा। 'चीन-अमेरिका सम्बन्ध इतिहासमा ५० वर्ष अगाडिको पिङपङ डिप्लोमेसीको विशेष महत्त्व छ,' अमेरिकाका लागि चीनका राजदूत चुइ…

    विस्तृतमा पढ्नुस्

  • हरिद्वारमा पूर्वराजा शाहले भने, ‘बाह्य दबाब र सांस्कृतिक अतिक्रमणले पूर्वीय दर्शन र सनातनीय संस्कारमा ह्रास आयो’

    हरिद्वारमा पूर्वराजा शाहले भने, ‘बाह्य दबाब र सांस्कृतिक अतिक्रमणले पूर्वीय दर्शन र सनातनीय संस्कारमा ह्रास आयो’

    काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कार जोगाउन आह्वान गरेका छन्। कुम्भ मेलामा सहभागी हुन भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेका पूर्वराजा शाहले बाह्य दबाब र सांस्कृतिक अतिक्रमणले पूर्वीय दर्शन र सनातनीय संस्कारमा ह्रास आएको बताउँदै यसतर्फ सबैको ध्यानाकर्षण गराएका हुन्। ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेख्नु भएको, के नेपाल सानो छ ? भन्ने निबन्ध पढेको…

    विस्तृतमा पढ्नुस्

  • गायक शालिन मगरको गीत ‘म तिम्रै’ सार्वजनिक

    गायक शालिन मगरको गीत ‘म तिम्रै’ सार्वजनिक

    काठमाडौं : गायक शालिन मगरको स्वर रहेको ‘म तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा शब्द, कम्पोज र एजेन्ज समेत शालिनको नै रहेको छ। रिलिज भएको गीतको भिडियोमा अभिनेत्री मिरुवा मगर र किरण दाहालको अभिनय रहेको छ। केन्द्रमोसन पिक्चर्सले प्रस्तुत गरेको गीतको भिडियोलाई सम्तेन भुटियाले निर्देशन गरेका छन्। भिडियोमा छायांकन, कलर र सम्पादनको काम विकेश मगरले गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • डेन्टल एशोसिएसनमा डाक्टर मास्के

    डेन्टल एशोसिएसनमा डाक्टर मास्के

    काठमाडौं : दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. सुभित मास्के निर्वाचित भएका छन्। शनिबार सम्पन्न १४ औं महाधिवेशनले मास्केलाई अध्यक्ष निर्वाचित गरेको हो। मास्केले प्रतिद्‍वन्द्वी उम्मेदवार डा. कुम्भराज जोशीलाई ३२९ मतले पराजित गरे। मास्केको ६०६ मत आउँदा जोशीले २७७ मत प्राप्त गरे। उपाध्यक्षमा डा. अजय कुमार शाह निर्विरोध निर्वाचित भए। महासचिवमा डा. गालब अधिकारी निर्वाचित भए। ५४८…

    विस्तृतमा पढ्नुस्

  • थप ३६७ जनामा कोभिड-१९ को संक्रमण, एक जनाको मृत्यु

     थप ३६७ जनामा कोभिड-१९ को संक्रमण, एक जनाको मृत्यु

    काठमाडौं : नेपालमा थप ३६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको परीक्षणमा नेपालमा ३०३ जनामा आरटी पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको र ६४ जनामा एन्टिजिन परीक्षणबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १५४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जनामा संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • भीम रावलको प्रश्न : ‘केपी ओलीजी बालुवाटारमा ब्युझै हुनुहुन्छ कि सुतिरहनुभएको थियो?’

    भीम रावलको प्रश्न : ‘केपी ओलीजी बालुवाटारमा ब्युझै हुनुहुन्छ कि सुतिरहनुभएको थियो?’

    कैलाली : नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश कमिटी संयोजक डा भीम रावलले पद खाइदिन्छु भनेर जनप्रतिनिधिलाई पार्टी अध्यक्षले धम्क्याएको आरोप लगाएका छन्। धनगढीमा आइतवार आयोजित पत्रकार सम्मेलनमा रावलले राज्यसत्ताको दुरुपयोग गरेर धम्की दिनु निन्दनीय भएको बताए। ‘प्रधानमन्त्रीले विघटन नगरेको भए एमालेमा सम्भव त यति ठूलो विवाद आउने थिएन,’ उनले भने, ‘प्रधानमन्त्री बालुवाटारमा बसेर गुट निर्माण गर्न, मान्छेहरु धम्क्याउन र…

    विस्तृतमा पढ्नुस्

  • कोमल वलीले आफैलाई भनिन् - वाह तिमी कति राम्री!

    कोमल वलीले आफैलाई भनिन् - वाह तिमी कति राम्री!

    काठमाडौं : राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल ओलीले आफूलाई प्रेम गर्न आवश्यक रहेको बताइन्। सिल्क फेसनको वार्षिकोत्सव समारोहमा वलीले आफूलाई प्रेम नगर्नेले अरुलाई पनि गर्न नसक्ने तर्क राखिन्।   कार्यक्रममा प्रमुख अतिथी रहेकी वलीले आफ्नो सुन्दरताको तारिफ आफैँले गरिन्। 'मैले आफूले आफैलाई निकै राम्री देख्छु। बिहानै ऐना हेरेर मुसुक्क हाँस्छु। वाह कोमल तिमी कति राम्री छौ भन्छु,' उनले थपिन्,…

    विस्तृतमा पढ्नुस्

  • नागार्जुनको जंगलमा लागेको आगो निभाउने प्रयास, तीनवटा हेलिकप्टरबाट पानी झार्दै

    नागार्जुनको जंगलमा लागेको आगो निभाउने प्रयास, तीनवटा हेलिकप्टरबाट पानी झार्दै

    काठमाडौं : काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टर प्रयोग गरिएको छ। सिम्रिक एयरलाइन्सको तीनवटा हेलिकप्टर प्रयोग गरिएको बूढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिए। 'तीन वटा हेलिकप्टरले पानी हाल्दै छन्। नियन्त्रणको प्रयास जारी छ,' नगर प्रमुख खरेलले भने। जङ्गलमा आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकलको प्रयासमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ। 'सबै…

    विस्तृतमा पढ्नुस्

  • नागार्जुन जङ्गलमा आगलागी, सेना प्रहरी लगायतको टोली नियन्त्रणको प्रयासमा

    नागार्जुन जङ्गलमा आगलागी, सेना प्रहरी लगायतको टोली नियन्त्रणको प्रयासमा

    काठमाडौंः काठमाडौंको नागार्जुन जङ्गलमा आगलागी भएको छ। जङ्गलमा आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने काम भइरहेको छ। 'सबै सुरक्षा निकायको टोली परिचालन भइसकेको छ। आगो नियन्त्रण गर्ने कोसिस गरिरहेका छौँ,' महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी रोशन खड्काले भने। पछिल्लो समय देशभर विभिन्न ठाउँमा आगलागी हुने क्रम बढेको छ। शनिवार मात्र भक्तपुरस्थित नगरकोटको जङ्गलमा…

    विस्तृतमा पढ्नुस्

  • पहिलो खेलमै धोनी जरिवानामा परेको आईपीएलको नयाँ नियम के हो? गल्ती दोहोरिए प्रतिबन्धसम्मको कारवाही

    पहिलो खेलमै धोनी जरिवानामा परेको आईपीएलको नयाँ नियम के हो? गल्ती दोहोरिए प्रतिबन्धसम्मको कारवाही

    इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा थपिएको नयाँ नियम बमोजिम निर्धारित समयमा निर्धारित कोटाको ओभर नसकेपछि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिहं धोनी १२ लाखको जरिवानामा परेका छन्। दिल्लीसँगको खेलमा स्लो ओभर रेटका कारण उनी कारवाहीमा परेका हुन्। यसपटक आईपीएल आयोजकले म्याच निर्धारित समयमा सक्नका लागि ओभर रेटमा कडाइ गरेको छ। आईपीएल २०२१ को कोड अफ कण्डक्ट अनुसार प्रति घण्टा १४.१ ओभर…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर उद्योग वाणिज्य सङ्घको मतगणनामा विवादः असन्तुष्ट पक्ष र प्रहरीबिच झडप

    जनकपुर उद्योग वाणिज्य सङ्घको मतगणनामा विवादः असन्तुष्ट पक्ष र प्रहरीबिच झडप

    जनकपुरधामः जनकपुरमा जनकपुर उद्योग वाणिज्य सङ्घको निर्वाचन मतगणनालाई लिएर प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। नयाँ नेतृत्वका लागि सम्पन्न निर्वाचनको मतगणना विरुद्ध असन्तुष्ट पक्षले निर्वाचन समितिविरुद्ध विरोध प्रदर्शन गरेपछि झडपको स्थिति सृजना भएको थियो। वरिष्ठ उपाध्यक्ष पदको मतगणनाको क्रममा उम्मेदवार सुरेन्द्र भण्डारीको पक्षमा मत कम आउन थालेपछि मतदान भन्दा बढी मत मतगणनामा फेला परेको भन्दै भण्डारी पक्षधरले प्रदर्शन गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान, प्रतिस्पर्धी बेङ्ग्लुरुले पाँच नयाँ खेलाडी समेट्दै गर्‍यो टिमको घोषणा

    त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान, प्रतिस्पर्धी बेङ्ग्लुरुले पाँच नयाँ खेलाडी समेट्दै गर्‍यो टिमको घोषणा

    काठमाडौं : त्रिभुवन आर्मी फुटबल क्लब आज गोवा प्रस्थान गरेको छ। बिहीवार हुने एएफसी कपको प्रारम्भिक चरणको दोस्रो खेलमा भारतीय क्लब एफसी बेङ्ग्लुरुसँगको खेल्नका लागि आर्मी आज गोवा गएको हो। यसअघि अघिल्लो हप्ता प्रारम्भिक चरणको पहिलो खेल काठमाडौंको दशरथ रंशगालामा सम्पन्न भएको थियो। खेलमा आर्मीले श्रीलंका पुलिसमाथि ५-१ को सानदार जित निकाल्दै बेङ्ग्लोरसँग भेट सुनिश्चित गरेको थियो। यसका लागि आर्मीको टिम उपरथी निरञ्जन…

    विस्तृतमा पढ्नुस्

  • तीन जना किशोरले कर्णाली नदीमा हाम फालेः एक जना बेपत्ता, दुई जना भने सामान्य घाइते

    तीन जना किशोरले कर्णाली नदीमा हाम फालेः एक जना बेपत्ता, दुई जना भने सामान्य घाइते

    कैलालीः कैलालीस्थित कर्णाली चिसापानी पुलबाट हाम फालेका तीन बिद्यार्थीमध्ये एक जना बेपत्ता भएका छन्। जिल्लाको लम्किचुहा नगरपालिका २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ। उनले शनिवार दिउँसो कर्णाली पुलबाट हाम फालेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पुलबाटै हाम फालेका १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई उपचारका लागि नेपालगन्ज…

    विस्तृतमा पढ्नुस्

  • तिब्बती निर्वासित प्रतिनिधिसभाका लागि मतदान हुँदै, नयाँ सरकार गठनसँगै कस्तो पर्ला नेपालमा प्रभाव?

    तिब्बती निर्वासित प्रतिनिधिसभाका लागि मतदान हुँदै, नयाँ सरकार गठनसँगै कस्तो पर्ला नेपालमा प्रभाव?

    काठमाडौं : आज तिब्बती शरणार्थीहरुले आफ्नो सरकारको नेतृत्व चयनका लागि मतदान गर्दैछन्। नयाँ सिक्योङ (राष्ट्रपति) चयनका लागि भन्दै विभिन्न चरणमा जारी रहेको निर्वाचनको अन्तिम चरण आइतवार मतदान गरि सकिँदैछ। 'स्वतन्त्र तिब्बत'को नारासहित नयाँ सरकार गठनका लागि हुने मतदानमा दुई जना अन्तिम प्रतिस्पर्धामा छन्। सेन्ट्रल तिब्बतीयन एडमिनिस्ट्रेसन (सीटीए)को रुपमा रहेको तिब्बती शरणार्थीहरुको सरकारले यसबीच स्वतन्त्र तिब्बतको पक्षमा आफूलाई उभ्याउँदै चीन विरोधी…

    विस्तृतमा पढ्नुस्

  • गोङ्गबुको गेस्ट हाउसमा पुरुष मृत फेला

    गोङ्गबुको गेस्ट हाउसमा पुरुष मृत फेला

    काठमाडौंः गोङ्गबुको गेस्ट हाउसमा एक पुरुष मित्र अवस्थामा फेला परेका छन्। काठमाडौं महानगरपालिका २७ स्थित मित्र नगरमा रहेको गोदावरी सन्तोषी गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले जानकारी दिए। 'हामीलाई खबर आएपछि गएर हेर्दा एक पुरुष मृत भेटिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको छ,' एसपी बस्नेतले भने। शनिवार बिहान उनी गेस्ट हाउमा आएको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    काठमाडौंः चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान करिब ९ बजेतिर भरतपुर महानगरपालिका १९ स्थित रामपुर चौकी नजिकै ना १ ज ३८५९ नम्बरको म्याजिक आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।  मृतको भने सनाखत हुन नसकेको जिल्ल प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। दुर्घटना भएको सवारीमा ९ जना चढेको खुलेको छ। घाइते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell