PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नाटक 'बाह्रा' कौशीमा जारी



पहिलोपोस्ट

नाटक 'बाह्रा' कौशीमा जारी

काठमाडौं : टेकुस्थित कौशी थिएटरमा 'बाह्रा' नाटक मञ्चन जारी छ। मृगशिरा वर्ल्ड स्कुल (दीप हाइ स्कुल) को प्रस्तुति रहेको नाटक ‘बाह्रा’ शुक्रवारबाट मञ्चन शुरु भएको हो।

नाटक प्रत्येक दिन प्रत्येक दिन ११ बजे र १ बजे मञ्चन हुने निर्देशक पुष्पराज अवस्थीले बताए। बाह्रा नेपाली परम्परामा भएको गुफा राख्ने संस्कृतिको कथावस्तु हो।

नाटकमा गुफा बस्दा किशोरीले भोग्नुपरेको समस्यालाई प्रमुखताका साथ देखाइएको छ। नाटकको कथाले मन छोएको र अभिनय झनै जीवन्त देखिएको बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बताए। नेपाली समूदायमा रहेको यस्तो परम्परामा राम्रो पक्षलाई अंगालेर नराम्रो पक्षलाई विस्तारै सुधार गर्नुपर्ने समाजका महासचिव विजयराज आचार्यले बताए।
मृगशिरा वर्ल्ड स्कुलमै अध्ययन गर्ने विद्यार्थीहरूको अभिनय जोडदार पाइएको साहित्यकार केशरी अम्गाईले जनाए।

विद्यार्थीको वृहत्तर विकासका लागि बालबालिकालाई प्रोत्साहन गर्न नाटक तयार पारिएको प्रिन्सिपल शैलेस डंगोलको धारणा रह्यो। नाटकमा प्रभा बुढा, रोज देउला, निलम महर्जन, स्नेहा यादव, रोमन सुन्दास, कृष्णा यादव, रितिका खड्का, तपस्या शाक्य, ज्यासलीन रन्जित, श्रृजल मानन्धर, श्रीना तामाङ , रोशनी पाण्डे, एन्जल शाही र दिवश सिलवालको अभिनय रहेको छ।

नाटकको पोष्टर डिजाइन नवीन भट्ट र फोटोग्राफी तथा भिडियोग्राफी ईश्वर अवस्थीको रहेको छ। नाटकको प्रप्स व्यवस्थापन सानुमैया महर्जनले गरेका छन् भने प्रकाश परिकल्पना तथा परिचालन क्षितिज पराजुलीले। शैलेस डंगोलले सेट परिकल्पना गरेको नाटकमा मञ्च व्यवस्थापन सलिमा साखःले र सहायक निर्देशन भरत महर (बिटी) ले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell