PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एमडीएमएसमा कसरी दर्ता गर्ने फोन ? एउटा आइएमइआइ दर्ता हुँदा अर्को नभए यसो गर्नुस्



पहिलोपोस्ट

एमडीएमएसमा कसरी दर्ता गर्ने फोन ? एउटा आइएमइआइ दर्ता हुँदा अर्को नभए यसो गर्नुस्
PHOTO CREATED BY BRIDGET CLEGG

A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 1

Filename: helpers/content_helper.php

Line Number: 352

काठमाडौं : के तपाईंको मोबाइल आइएमइआइ मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता भएको छ? तपाईंको फोन दर्ता भए नभएको एमडीएमएस पोर्टलमा गएर हेर्न सकिन्छ। यसका लागि नेपाल दूरसंचार प्राधिकरणले छुट्टै पोर्टलको व्यवस्था गरेको छ। प्राधिकरणको यो वेबसाइटमा गएर बायाँ तर्फको ‘आफ्नो मोबाइलको आइएमइआइ एमडीएमएसमा दर्ता भए/नभएको हेर्नहोस्’ भन्ने बक्समा गएर हेर्न सकिन्छ।

एमडीएमएस प्रणालीमा मोबाइल दर्ता गर्न केके कागजातहरु आवश्यक हुन्छ?

व्यक्तिगत दर्ता

व्यक्ति स्वयंले राहदानी वा नागरिकता, डिपार्चर स्ट्याम्प (विदेश जाँदाको बखत राहदानीको पृष्ठमा लागेको डिपार्चर छाप र अराइभल स्ट्याम्प (विदेशबाट फर्कदाको बखत राहदानीको लागेको एराइभल छाप) देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पाससहित आफ्नो व्यक्तिगत विवरणहरू प्राधिकरणको व्यक्तिगत दर्ता सेक्सनमा अपलोड गरी मोबाइल दर्ताको आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ।

एमडीएमएस प्रणालीमा आवेदन प्राप्त भएको जानकारी आवेदकले हालेको इमेलमा जाने बताइएको छ। त्यसैगरी दुईदेखि तीन दिन भित्रमा उक्त आवेदन स्वीकृत भइ मोबाइल दर्ता भएको वा कारणसहित आवेदन अस्वीकृत भएको जानकारी आवेदकको इमेलमै आउने प्राधिकरणले स्पष्ट पारेको छ। यसको लागि कुनै पनि शुल्क लाग्दैन।

मोबाइल दर्ताका लागि आवश्यक कागजात नभएको खण्डमा कसरी मोबाइल दर्ता गर्न सकिन्छ ? [ग्रे रजिस्ट्रेसन]

आर्थिक विधेयक २०८० को दफा २४ ले २०७९ भदौ ३० देखि २०८० जेठ १५ सम्म नेपालमा सञ्चालनमा आएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइलहरूलाई तोकिएको राजस्व तिरी उक्त मोबाइलहरू दर्ता गर्न सकिने व्यवस्था छ। जसका लागि राजस्व अनलाइन नै तिर्न सकिने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको वेबसाइटमै रहेको 'ग्रे रजिस्ट्रेसन सेक्सन'मा गएर आफ्नो मोबाइलको आइएमइआइ लगायत अन्य आवश्यक व्यक्तिगत विवरण भरिसकेपछि तिर्नुपर्ने राजस्व स्वतः प्रणालीमै देखाउने बताइएको छ। भुक्तानीका लागि कनेक्ट आइपीएस छानेपछि देखिने क्यूआर कोड स्क्यान गरी कुनै भुक्तानी सेवाप्रदायकको एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सकिने प्राधिकरणले स्पष्ट पारेको छ। भुक्तानी सफल भएको एक घण्टा भित्रै उक्त मोबाइल दर्ता हुने बताइएको छ।

दुईवटा आइएमइआइ भएको मोबाइलको एउटा आइएमइआइ दर्ता छ तर अर्को छैन भने के गर्ने?

मोबाइलको एउटा आइएमइआइ दर्ता भएर अर्को आइएमइआइ दर्ता नभएको खण्डमा एमडीएमएस प्रणालीको 'डुअल आइएमइआइ रजिस्ट्रेसन सेक्सन'मा गइ आइएमइआइ १ र आइएमइआइ २ हालेर दुवै आइएमइआइ प्रस्ट देखिने गरि स्क्रिनसट वा मोबाइल किन्दा बखतको बक्स अपलोड गरी आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ।

मोबाइल हराएको वा चोरी भएको खण्डमा के गर्ने ?

मोबाइल हराएको वा चोरी भएको खण्डमा एमडीएमएस प्रणालीको लस्ट/स्टोलन रजिस्ट्रेसन सेक्सनमा गएर आवेदन दिन सकिने बताइएको छ। प्राधिकरणले यो सुविधा एमडीएमएसमा दर्ता भएका मोबाइलहरूलाई मात्रै प्रदान गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell