PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

संयमित र मर्यादित भएर आचोलना गर्नुस्, सच्चिन तयार छौं : रवि लामिछाने



पहिलोपोस्ट

संयमित र मर्यादित भएर आचोलना गर्नुस्, सच्चिन तयार छौं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।         

बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित नगर भेलामा उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरेका हुन्।

उनले भने, हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ। सप्रिने र सच्चिने यसरी नै हो। तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस्।'

लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे। रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

'सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ। फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्', लामिछानेले भने, 'हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell