PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

पहिलोपोस्टको प्रकाशन स्थगन, अब सबै सामग्री बिजमाण्डूमा [विशेष सूचना]



पहिलोपोस्ट

पहिलोपोस्टको प्रकाशन स्थगन, अब सबै सामग्री बिजमाण्डूमा [विशेष सूचना]

यस मिडिया हाउसले संचालनमा ल्याएको पहिलोपोस्टडटकमको २०८० साउन १ गतेदेखि प्रकाशन स्थगन हुने जानकारी गराउँछौं। एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको हो। बिजमाण्डू प्रालि अन्तर्गत रहेर पहिलोपोस्टमा कार्यरत सबै पत्रकार अब बिजमाण्डूडटकममा आवद्ध हुनुहुनेछ। उहाँहरुको आवद्धतासँगै समाज र राजनीति केन्द्रित पहिलोपोस्टका सामग्रीहरु आगामी दिनमा बिजमाण्डूडटकममा फरक स्वादमा उपलब्ध हुनेछन्।

वि सं २०७१ साउन १ गतेबाट प्रकाशन सुरु भएको यस समाचार साइटप्रति अगाध माया प्रदान गर्ने सबै पाठकप्रति हामी आभारी छौं। यहाँहरुले दिनुभएको त्यो साथ बिजमाण्डूमा थपिने अपेक्षा पनि गरेका छौं।

हुर्कँदो नेपाली अनलाइन पत्रकारितामा पहिलोपोस्टको योगदान के रह्यो यहाँहरुले मूल्याङ्कन गर्नु नै हुनेछ। हाम्रा समाचार सामग्रीमा ताली र कमजोरीमा गाली दिने सबैप्रति हामी कृतज्ञ छौं। पहिलोपोस्टका संस्थापक सम्पादक उमेश श्रेष्ठसहित यसमा जोडिनु भएका सबै पत्रकार साथीहरुप्रति यहाँहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै बिजमाण्डू प्रालि हार्दिक धन्यवाद प्रकट गर्दछ।

ओम थापा

प्रमुख कार्यकारी अधिकृत, 

बिजमाण्डू प्रालि



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell