PahiloPost

Aug 31, 2026 | १५ भदौ २०८३

निधिलाई राजस्थानस्थित संगम विश्वविद्यालयको अभिनन्दन



पहिलोपोस्ट

निधिलाई राजस्थानस्थित संगम विश्वविद्यालयको अभिनन्दन

राजस्थान : भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई राजस्थानको संगम विश्वविद्यालयले अभिनन्दन गरेको छ। विश्वविद्यालयमा शनिवार आयोजित कार्यक्रममा नेता निधिको अभिनन्दन गरिएको हो।

उक्त विश्वविद्यालयमा नेपालका एक सय भन्दा बढी छात्रछात्रा अध्ययनरत छन्। अभिनन्दन कार्यक्रममा नेता निधिले नेपाली विद्यार्थीहरुसँग भेटेर शैक्षिक अवस्थाबारे जानकारी लिएका थिए। यो विश्वविद्यालयले हालैमात्र नेपालको प्राविधिक शिक्षा तथा व्यबसायीक तालीम केन्द्रबाट सम्बन्धनसमेत पाएको छ। नेता निधिले यस्तो सम्बन्धले नेपाल भारत सम्बन्धलाई आगामी दिनमा थप बलियो बनाउने बिश्वास व्यक्त गरे।

विश्वविद्यालयका उपकुलपति प्रा.करुणेश सक्सेना, रजिष्टार प्रा. राजीव मेहता, संगम इण्डिया लिमिटेडका म्यानेजिङ डाइरेक्टर डा. एस एन मोदानीले नेता निधिको स्वागत गरेका थिए। त्यस अवसरमा डा. मोदानीले संगम विश्वविद्यालयले २० वर्षमा गरेका शैक्षिक उपलब्धीबारे जानकारी गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell