PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

दक्षिण कोरियामा बाढी, १३ जनाको शव टनेलबाट निकालियो



पहिलोपोस्ट

दक्षिण कोरियामा बाढी, १३ जनाको शव टनेलबाट निकालियो
Photo : Kim Hong-ji/ Reuters

दक्षिण कोरियामा बाढीका कारण केही क्षेत्र जलमग्न भएका छन्। अन्डरग्राउन्ड टनेलमा डुबेको बसमा उद्धारटोलीले ७ जनाको शव निकालेका छन्।

केहीदिनयताको अविरल वर्षाका कारण बाढी पहिरोका घटना बढेको छ भने मुख्य ड्यामहरुको जलस्तरसमेत बढेको छ। उद्धारटोलीले ओसङबाट थप ६ जनाको शवसमेत फेला पारेका छन्।

शनिवार मिहो नदी 'ओभरफ्लो' भएपछि चार लेनको अन्डरपास डुबेको थियो। अचानक भएको सो घटनाका कारण टनेलबाट मानिस निस्कन पाएका थिएनन्। टेनलबाट ७ जनाको उद्धार गरिएको छ। सो टनेलमा १२ वटा कार र ३ वटा कार डुबेका थिए। सो घटनामा ११ जना बेपत्ता छन्। उद्धार टोलीले उनीहरुलाई खोजिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell