PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • घर शान्तिको कामनासहित गथांमुगः पर्व मनाउँदै नेवार समुदाय

    घर शान्तिको कामनासहित गथांमुगः पर्व मनाउँदै नेवार समुदाय

    भादगाउँ : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिवार काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गथांमुगः पर्व मनाउँदै छन्। यसदिन आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाउने गरिन्छ। भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन्। यहाँको शैली अन्य स्थानका नेवार समुदायको भन्दा भिन्न…

    विस्तृतमा पढ्नुस्

  • धान रोपाइँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव, हालसम्म कति भयो रोपाइँ?

    धान रोपाइँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव, हालसम्म कति भयो रोपाइँ?

    काठमाडौं : मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको…

    विस्तृतमा पढ्नुस्

  • क्यानडाको वन डढेलो : आगो निभाउने क्रममा १९ वर्षीया अग्नि नियन्त्रकको मृत्यु

    क्यानडाको वन डढेलो : आगो निभाउने क्रममा १९ वर्षीया अग्नि नियन्त्रकको मृत्यु

    हालसम्मकै सबैभन्दा खराब मानिएको वन डढेलोसँग जुधिरहेको क्यानडामा एक १९ वर्षीया अग्नि नियन्त्रकको मृत्यु भएको छ। ब्रिटिश कोलम्बियाको रेभेलस्टोक शहर नजिकैको दुर्गम क्षेत्रमा आगो निभाउने क्रममा रुख ढलेर लाग्दा डेभिन गेलको मृत्यु भएको हो। श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ‘हृदयविदारक’ भनेका छन्। क्यानडामा हाल करिब ९०० स्थानमा डढेलो लागेको र त्यसमध्ये ५६० वटा नियन्त्रण बाहिर रहेको बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो रहनेछ आजको मौसम?

    सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा कस्तो रहनेछ आजको मौसम?

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।…

    विस्तृतमा पढ्नुस्

  • बुढानीलकण्ठमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा देवांश जंङ्ग खड्का बने पहिलो

    बुढानीलकण्ठमा आयोजित विद्यालयस्तरीय कविता प्रतियोगितामा देवांश जंङ्ग खड्का बने पहिलो

    काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा आयोजित विद्यालयस्तरीय कविता लेखन प्रतियोगितामा काष्ठमण्डप विद्यालयका देवांश जंङ्ग खड्का पहिलो भएका छन्। “भानुको सम्झनामा विद्यार्थीका सिर्जना” नारा सहित बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको ‘प्रत्यक्ष कविता लेखन तथा वाचन प्रतियोगिता-२०८०’मा खड्का पहिलो बनेका हुन्। 'भानुभक्त' शीर्षकमा लेखिएको कविता प्रस्तुतिले निर्णायकको मन जित्दै खड्काले ६ हजार नगद पुरस्कारसमेत हात पारे। दोस्रो उपाधि काठमाडौं विद्यालय (पायोनियर स्कुल) की…

    विस्तृतमा पढ्नुस्

  • गुल्मी बन्यो पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला

    गुल्मी बन्यो पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला

    बुटवल : गुल्मी जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिव डाक्टर विनोद कुमार गिरीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन्। जिल्लाका १२ वटै स्थानीय तहले पूर्ण खोप दिगोपना सुनिश्चितताको मापदण्ड पूरा गरेपछि गिरीले पूर्ण खोप दिगोपना सुनिश्चितता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीलाई प्रदान…

    विस्तृतमा पढ्नुस्

  • कौशी थिएटरमा 'बाह्रा' र 'मृगशिरा कथा गुच्छा'

    कौशी थिएटरमा 'बाह्रा' र 'मृगशिरा कथा गुच्छा'

    काठमाडौं : काठमाडौं भोटेबहालमा रहेको मृगशिरा स्कुलका विद्यार्थीहरुको कथासङ्ग्रह 'मृगशिरा कथा गुच्छा' सार्वजनिक भएको छ। शुक्रवार टेकुस्थित कौशी थिएटरमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यलगायतले उक्त कथासङ्ग्रह सार्वजनिक गरेका हुन्। विभिन्न कक्षा पढ्ने विद्यार्थीका २८ कथा सङ्ग्रहमा छन्। वरिष्ठ बाल साहित्य सर्जक विजयराज आचार्यको प्रक्षिणणमा ती कथाहरु तयार भएको विद्यालयका प्रिन्सिपल शैलेश डंगोलले बताए। कथाले सङ्ग्रहको रुप लिएर प्रकाशन…

    विस्तृतमा पढ्नुस्

  • ब्याट्सम्यान नजम्दा रनदेखि विकेटमा बलरको भर!, पहिलो खेलमै नेपाल पराजित

    ब्याट्सम्यान नजम्दा रनदेखि विकेटमा बलरको भर!, पहिलो खेलमै नेपाल पराजित

    काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत श्रीलंकामा आज सम्पन्न खेलमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको छ। श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा सम्पन्न खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले पाकिस्तानसामू १ सय ८० रनको सामान्य लक्ष्य प्रस्तुत गर्‍यो। शीर्ष क्रम र मध्य क्रमको ब्याटिङ नजम्दा ३७औँ ओभरको समाप्तीमा अलआउट हुँदै १७९ रन बनाएको हो। जवाफी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइपुगे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु

    नेपाल आइपुगे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु

    काठमाडौं : सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा शुक्रवार काठमाडौं आइपुगेका छन्। उनले शुक्रवार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ। साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा के कारणले भयो ग्यास र पेट्रोलियम पदार्थको अभाव?

    ताप्लेजुङमा के कारणले भयो ग्यास र पेट्रोलियम पदार्थको अभाव?

    फुङ्लिङ : पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ। बाढीपहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न भएको छैन। जसकारण मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको हो। यही असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष र मध्यक्रम चलेन, सोमपालसहित अन्तिमका ब्याट्सम्यान थामिँदा पनि पाकिस्तान ‘ए’लाई १ सय ८० रनको सामान्य लक्ष्य

    शीर्ष र मध्यक्रम चलेन, सोमपालसहित अन्तिमका ब्याट्सम्यान थामिँदा पनि पाकिस्तान ‘ए’लाई १ सय ८० रनको सामान्य लक्ष्य

    काठमाडौं : एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तानलाई १ सय ८० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा जारी खेलमा नेपालले ३७औँ ओभरको समाप्तीमा अलआउट हुँदै १७९ रन बनाएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालको शीर्ष क्रम र मध्य क्रम धराशायी हुँदा १५.४ ओभरमा स्कोरबोर्डमा नेपाल ७२-८ को अवस्थामा पुगेको थियो। पहिलो विकेटका रुपमा १ रन बनाएका…

    विस्तृतमा पढ्नुस्

  • बस र ट्रक एकापसमा ठोक्किए, कोशी ब्यारेजमा खस्यो ट्रक

    बस र ट्रक एकापसमा ठोक्किए, कोशी ब्यारेजमा खस्यो ट्रक

    राजविराज : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा शुक्रवार ट्रक खसेको छ। ब्यारेजको ढोका नम्बर १० बाट मे१ख ३००७ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो। नदीमा झरेको ट्रकमा सवार चालक र…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले बुर्तिबाङ-पूर्वी रुकुमखण्ड अवरुद्ध, ‘पानी पर्नैहुन्न, पर्‍यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ’

    पहिरोले बुर्तिबाङ-पूर्वी रुकुमखण्ड अवरुद्ध, ‘पानी पर्नैहुन्न, पर्‍यो कि माथिदेखि लेदो आएर सडकमा थुप्रिन्छ’

    ढोरपाटन : अविरल वर्षाका कारण पहिरोले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ-पूर्वी रुकुमखण्ड अवरुद्ध बनेको छ। लोकमार्गको निसीखोला गाउँपालिका-४ र ५ को सिमाना धरमशाला कालापैरामा माथिदेखि झरेको लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको हो। वर्षा हुँदाबित्तिकै माथिदेखि लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात सञ्चालन हुन नसक्ने अवस्था रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए। सडक अवरुद्ध हुँदा बुर्तिबाङबाट निसी, भल्कोट…

    विस्तृतमा पढ्नुस्

  • टस जितेर पाकिस्तान 'ए' विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

    टस जितेर पाकिस्तान 'ए' विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ: एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। श्रीलंकाको कोलम्बो क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पाकिस्तान 'ए' विरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्। जिम्बावेमा क्रिकेट विश्वकप छनोट खेलेर फर्किएको टोलीको तुलनामा इमर्जिङ एसिया कप खेल्न श्रीलंका पुगेको टोलीमा व्यापक परिवर्तन छ। भलै, अरु दुई एसोसिएट टोली यूएई र ओमनले जस्तो नेपालले…

    विस्तृतमा पढ्नुस्

  • आज काठमाडौं आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

    आज काठमाडौं आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

    काठमाडौं : दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदेछन्। काठमाडौं बसाईका क्रममा लुले विभिन्न राजनीतिक दलका नेताहरु सँग भेट गर्नेछन्। यस्तै, अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग पनि उनले भेटघाट गर्नेछन्। त्यसक्रममा उनले नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न भइरहेका प्रयासहरु बारे उनले बुझ्ने प्रयास गर्नेछन्। यसपटकको…

    विस्तृतमा पढ्नुस्

  • च्याउ टिप्न गएकी थिइन् बिन्दु, बाघको आक्रमणले घाइते भइन्

    च्याउ टिप्न गएकी थिइन् बिन्दु, बाघको आक्रमणले घाइते भइन्

    काठमाडौं : बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्। बिहीबार साँझ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडा अध्यक्ष किसन रानाले जानकारी दिए। बिन्दुको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। डगौंरालगायत १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • आइसीसीको निर्णय : पुरुष र महिला क्रिकेट टोलीले समान पुरस्कार राशी पाउने

    आइसीसीको निर्णय : पुरुष र महिला क्रिकेट टोलीले समान पुरस्कार राशी पाउने

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले महिला र पुरुष क्रिकेट टोलीलाई बराबर पुरस्कार रकम दिने घोषणा गरेको छ। दक्षिण अफ्रिकाको डरबनमा भएको आइसीसीको वार्षिक सभाले यो निर्णय गरेको हो। खेल क्षेत्रमा महिला र पुरुषले पाउने पुरस्कार राशीमा निकै असमानता भइरहेको भन्दै आलोचना भइरहेको बेला आइसीसीले यो ऐतिहासिक निर्णय गरेको हो। आइसीसीका अनुसार अब पुरुष र महिलाले एकै किसिमका प्रतियोगितामा विजय भए पाउने पुरस्कारसँगै…

    विस्तृतमा पढ्नुस्

  • दासढुंगामा बस दुर्घटना, १९ जना यात्रु घाइते

    दासढुंगामा बस दुर्घटना, १९ जना यात्रु घाइते

    काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। सडकखण्डको भरतपुर महानगरपालिका-२९ दासढुंगामा वाग्मती प्रदेश०१-००६ख ५२३७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो। काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ। बसमा ४० यात्रु सवार…

    विस्तृतमा पढ्नुस्

  • हलिउडमा हड्ताल : १ लाख ६० हजार कलाकारले काम रोके

    हलिउडमा हड्ताल : १ लाख ६० हजार कलाकारले काम रोके

    हलिउड कलाकारहरुले हड्ताल घोषणा गरेका छन्। करिब १ लाख ६० हजार कलाकारहरुले बिहीवार मध्यरातबाट काम बन्द गरेको बीबीसीले उल्लेख गरेको छ। स्क्रिन एक्टर्स गिल्डले स्ट्रिमिङ प्लेटफर्महरुलाई नाफामा सम्मान विभाजन र काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न भन्दै हड्तालको घोषणा गरेको हो। हलिउडमा ६० वर्षायताकै यो सबैभन्दा ठूलो हड्ताल भएको जनाइएको छ। हड्ताल सुरु भएपछि लन्डनमा भइरहेको क्रिस्टीर नोलन्सको प्रिमियर चलिरहँदा कलाकारहरु…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा डुबान : यमुनाको जलस्तर अझै बढ्ने, अलिपुरमा बाँध नै फुट्यो

    दिल्लीमा डुबान : यमुनाको जलस्तर अझै बढ्ने, अलिपुरमा बाँध नै फुट्यो

    भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्र अहिले डुबानमा छन्। भारी वर्षाका कारण दिल्लीसहित अन्य राज्यमा समेत डुबानको समस्या देखिएको हो। बिहीवार यमुना नदीको जलस्तर २०८.६ मिटर पुगेको थियो। यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७.४९ सम्म पुगेको थियो। अहिले दिल्लीको तल्लो क्षेत्रमा बाढीले डुबान भएको छ। नदीको जलस्तर थप बढ्न सक्ने बताइएको छ। यमुनाको तिब्र बहावका कारण अलिपुरमा तटबन्धकै फुटेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell