PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कौशी थिएटरमा 'बाह्रा' र 'मृगशिरा कथा गुच्छा'



पहिलोपोस्ट

कौशी थिएटरमा 'बाह्रा' र 'मृगशिरा कथा गुच्छा'

काठमाडौं : काठमाडौं भोटेबहालमा रहेको मृगशिरा स्कुलका विद्यार्थीहरुको कथासङ्ग्रह 'मृगशिरा कथा गुच्छा' सार्वजनिक भएको छ। शुक्रवार टेकुस्थित कौशी थिएटरमा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति केके कर्माचार्यलगायतले उक्त कथासङ्ग्रह सार्वजनिक गरेका हुन्।

विभिन्न कक्षा पढ्ने विद्यार्थीका २८ कथा सङ्ग्रहमा छन्। वरिष्ठ बाल साहित्य सर्जक विजयराज आचार्यको प्रक्षिणणमा ती कथाहरु तयार भएको विद्यालयका प्रिन्सिपल शैलेश डंगोलले बताए। कथाले सङ्ग्रहको रुप लिएर प्रकाशन भएकोमा आफूलाई निकै खुसी लागेको आचार्यले बताए। कथा सङ्ग्रहका सम्पादन नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान हुन्। किताबको चित्रकला चित्रकार रविन्द्र मानन्धरले संयोजन गरेका छन्।

भानु जयन्तीको अवसरमा विद्यार्थीले कवितासमेत प्रस्तुत गरे। सोही अवसरमा पलिस्था महर्जनको लेखनमा रहेको 'बाह्रा' नाटकसमेत प्रदर्शन गरिएको थियो। नेवारी संस्कृतिसम्बन्धीको उक्त नाटक पुष्पराज अवस्थीले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell