PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टस जितेर पाकिस्तान 'ए' विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल



पहिलोपोस्ट

टस जितेर पाकिस्तान 'ए' विरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
फाइल फोटो क्यान

काठमाडौँ: एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। श्रीलंकाको कोलम्बो क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पाकिस्तान 'ए' विरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

जिम्बावेमा क्रिकेट विश्वकप छनोट खेलेर फर्किएको टोलीको तुलनामा इमर्जिङ एसिया कप खेल्न श्रीलंका पुगेको टोलीमा व्यापक परिवर्तन छ। भलै, अरु दुई एसोसिएट टोली यूएई र ओमनले जस्तो नेपालले ‘ए’ टोली भनेर डिक्लेयर गरेको छैन। ८ टोली सहभागी प्रतियोगितामा नेपालबाहेक सबै देशबाट ‘ए’ टोलीको सहभागिता रहेको छ।

जिम्बावेमा विश्वकप छनोट खेलेका ज्ञानेन्द्र मल्ल, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीलगायतका नियमित टोलीमा पर्दै आएका खेलाडी टोलीमा छैनन्। टिममा स्थान कुरिरहेका पवन सर्राफ, देव खनाल, श्याम ढकाल, सन्दीप जोरा, सूर्य तामाङलगायतका खेलाडीले टोलीमा स्थान बनाएका छन्।

प्रतियोगिताको उपाधि दावेदारमध्येको पाकिस्तान मोहम्मद हरिसको कप्तानीमा उत्रँदैछ। प्रतियोगिता अघि ६ दिन ट्रेनिङ गरेर पाकिस्तानी टोली श्रीलंका हिडेको थियो।

पाकिस्तानका लागि कप्तान हरिसले पाँच एकदिवसीय र ९ टी २० अन्तर्राष्ट्रिय खेलेका छन्। पाकिस्तान ‘ए’मा सिनियर टोलीमा डेब्यू गरिसकेका ७ जना खेलाडीको उपस्थिति छ। जसमा अर्सद इक्वाल, कामरन गुलाम, मोहम्मद वसीम जुनियर, साहिबजादा फरान, सइम अयुब, शहबाज दहनी र तय्यब ताहिर रहेका छन्। यी मध्ये अधिकांश खेलाडी टी २० फर्म्याटबाट आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell