PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

बस र ट्रक एकापसमा ठोक्किए, कोशी ब्यारेजमा खस्यो ट्रक



पहिलोपोस्ट

बस र ट्रक एकापसमा ठोक्किए, कोशी ब्यारेजमा खस्यो ट्रक

राजविराज : पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा शुक्रवार ट्रक खसेको छ।

ब्यारेजको ढोका नम्बर १० बाट मे१ख ३००७ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए। उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो।

नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ। यसैबिच, कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ। घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell