
हलिउड कलाकारहरुले हड्ताल घोषणा गरेका छन्। करिब १ लाख ६० हजार कलाकारहरुले बिहीवार मध्यरातबाट काम बन्द गरेको बीबीसीले उल्लेख गरेको छ।
स्क्रिन एक्टर्स गिल्डले स्ट्रिमिङ प्लेटफर्महरुलाई नाफामा सम्मान विभाजन र काम गर्ने उपयुक्त वातावरण सिर्जना गर्न भन्दै हड्तालको घोषणा गरेको हो। हलिउडमा ६० वर्षायताकै यो सबैभन्दा ठूलो हड्ताल भएको जनाइएको छ।
हड्ताल सुरु भएपछि लन्डनमा भइरहेको क्रिस्टीर नोलन्सको प्रिमियर चलिरहँदा कलाकारहरु सिलन मर्फी, म्याट डेमान र इमिली बल्नट निस्किएका थिए।
गिल्डले आर्टिफिसियल इन्टिलिजेन्स र कम्युटरबाट निर्माण हुने क्यारेक्टरहरुबाट कलाकारहरुलाई प्रतिस्थापन गर्न नहुने मागसमेत राखेका छन्।