PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

दिल्लीमा डुबान : यमुनाको जलस्तर अझै बढ्ने, अलिपुरमा बाँध नै फुट्यो



पहिलोपोस्ट

दिल्लीमा डुबान : यमुनाको जलस्तर अझै बढ्ने, अलिपुरमा बाँध नै फुट्यो
Photo: ANI / BBC HINDI

भारतको राजधानी नयाँ दिल्लीका धेरै क्षेत्र अहिले डुबानमा छन्। भारी वर्षाका कारण दिल्लीसहित अन्य राज्यमा समेत डुबानको समस्या देखिएको हो।

बिहीवार यमुना नदीको जलस्तर २०८.६ मिटर पुगेको थियो। यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७.४९ सम्म पुगेको थियो।

अहिले दिल्लीको तल्लो क्षेत्रमा बाढीले डुबान भएको छ। नदीको जलस्तर थप बढ्न सक्ने बताइएको छ।

यमुनाको तिब्र बहावका कारण अलिपुरमा तटबन्धकै फुटेको छ। बाँधमा क्षति पुगेपछि हजारौं बिघा जमिन जलमग्न भएको छ।

दिल्लीमा बाढीको संकट बढ्दै जाँदा केन्द्र र राज्य सरकारले उद्धार र राहतका लागि तयार रहन सरोकारवाला निकायलाई निर्देशन दिएको छ। डुबानका कारण दिल्लीवासीहरुलाई  घरबाहिर निस्कँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell