PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

दासढुंगामा बस दुर्घटना, १९ जना यात्रु घाइते



पहिलोपोस्ट

दासढुंगामा बस दुर्घटना, १९ जना यात्रु घाइते

काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। सडकखण्डको भरतपुर महानगरपालिका-२९ दासढुंगामा वाग्मती प्रदेश०१-००६ख ५२३७ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ। बसमा ४० यात्रु सवार थिए ।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, ८ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell