PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

च्याउ टिप्न गएकी थिइन् बिन्दु, बाघको आक्रमणले घाइते भइन्



पहिलोपोस्ट

च्याउ टिप्न गएकी थिइन् बिन्दु, बाघको आक्रमणले घाइते भइन्
फाइल फोटो

काठमाडौं : बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन्।

बिहीबार साँझ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडा अध्यक्ष किसन रानाले जानकारी दिए।

बिन्दुको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। डगौंरालगायत १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो। सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो।

'सबैले होहल्ला गरेपछि बाघ भाग्दा डगौंराको ज्यान जोगियो', वडा अध्यक्ष रानाले भने, 'आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ।'

यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell