PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

क्यानडाको वन डढेलो : आगो निभाउने क्रममा १९ वर्षीया अग्नि नियन्त्रकको मृत्यु



पहिलोपोस्ट

क्यानडाको वन डढेलो : आगो निभाउने क्रममा १९ वर्षीया अग्नि नियन्त्रकको मृत्यु
PHOTO: NOLAN GALE/INSTAGRAM

हालसम्मकै सबैभन्दा खराब मानिएको वन डढेलोसँग जुधिरहेको क्यानडामा एक १९ वर्षीया अग्नि नियन्त्रकको मृत्यु भएको छ। ब्रिटिश कोलम्बियाको रेभेलस्टोक शहर नजिकैको दुर्गम क्षेत्रमा आगो निभाउने क्रममा रुख ढलेर लाग्दा डेभिन गेलको मृत्यु भएको हो।

श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनालाई ‘हृदयविदारक’ भनेका छन्। क्यानडामा हाल करिब ९०० स्थानमा डढेलो लागेको र त्यसमध्ये ५६० वटा नियन्त्रण बाहिर रहेको बताइएको छ।

गेल बाँकी टोलीबाट अलग भएपछि खोजी गर्दा रूखमुनि च्यापिएको अवस्थामा भेटिएकी थिइन्। उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको भएपनि बिहीवार उनको मृत्यु भएको थियो।

क्यानडाको वन डढेलो मौसम सुरु भएदेखिको यो पहिलो मृत्यु हो। त्यस्तै, ब्रिटिश कोलम्बियामा २०१५ पछि वन डढेलोका कारण भएको पहिलो मृत्यु भएको समेत बताइएको छ।

इन्स्टाग्राममा श्रद्धाञ्जली दिँदै डेभिनका भाइ नोलन गेलले उनलाई ‘अद्भुत बहिनी’को रूपमा वर्णन गरेका छन्।

‘उनी धेरै दयालु र विचारशील थिइन्। उनी होसियार र मेहनती पनि थिइन्’, नोलनले लेखेका छन्, ‘उनले मेरो र अरूको लागि प्रतिफलको कुनै अपेक्षा नगरी पूर्ण रूपमा दयालु भएर गरेका सबै कुराप्रति म कृतज्ञ छु।’

क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार यो सिजनमा अहिलेसम्म वन डढेलोका कारओ ९८ लाख हेक्टरभन्दा बढी जमिन जलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell