PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

नेपाल आइपुगे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु

नेपाल आइपुगे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा शुक्रवार काठमाडौं आइपुगेका छन्।

उनले शुक्रवार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ।

साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन्। साथै, उनले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नेछन्। उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell