PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यमुनाको जलस्तर बढ्दा डुबिरहेको छ दिल्ली

यमुनाको जलस्तर बढ्दा डुबिरहेको छ दिल्ली

पहिलोपोस्ट /पहिलोपोस्ट


भारतको राजधानी नयाँ दिल्लीमा बाढीको कहर जारी छ। चार दिनयता भारी वर्षासँगै आएको बाढीले दिल्लीका धेरै क्षेत्र डुबानमा परेका छन्।

अहिले पनि धेरै क्षेत्रमा पानी परिरहेको छ। यमुना नदीको जलस्तर बढ्दै गइरहेको छ। हजारौं घरहरु डुबानमा पर्दा खेतीयोग्य जमिनहरुमा पनि क्षति पुगेको छ। सडकमा पार्क गरि राखिएका गाडीहरु तैरिरहेका तस्विर सार्वजनिक गरेका छन्।

दिल्लीको मुकंदपुर क्षेत्रमा शुक्रवार बाढीका कारण तीनजना बालबालिकाको डुबेर मृत्यु भएको थियो। दिल्लीको मुख्य सडकनै डुबानमा परेपछि ट्राफिक जाम बढेको छ। लालकिल्लाको पर्खालसम्म नै यमुनाको पानी पुगेको छ।

बिहीवार यमुना नदीको जलस्तर २०८.६ मिटर पुगेको थियो। यसअघि सन् १९७८ मा यमुनाको जलस्तर २०७.४९ सम्म पुगेको थियो। सोही दिन यमुनाको तिब्र बहावका कारण अलिपुरमा तटबन्धकै फुटेको थियो। बाँधमा क्षति पुगेपछि हजारौं बिघा जमिन जलमग्न भएको थियो।

दिल्लीमा बाढीको संकट बढ्दै जाँदा केन्द्र र राज्य सरकारले उद्धार र राहतका लागि तयार रहन सरोकारवाला निकायलाई निर्देशन दिएको छ। डुबानका कारण दिल्लीवासीहरुलाई  घरबाहिर निस्कँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।

Photo : Reuters / BCCL / ANI



ट्रेन्डिङ पोस्ट

Ncell