PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

के छ काठमाडौंमा जग्गाको भाऊ?



पहिलोपोस्ट

  • पवन तिमिल्सिना -
काठमाडौं : उपत्यकामा भूकम्पपछि सुस्त रहेको जग्गाको कारोबार बढ्न थालेको छ। भूकम्पपछिको तीन महिना ठप्प प्राय रहेको उपत्यकामा अहिले जग्गा बिक्रीको चहलपहल सुरु भएको छ।
 
जग्गा व्यवसायीका अनुसार पछिल्लो समयमा टुक्रे जग्गाको कारोबार बढेको छ। ती व्यवसायीका अनुसार तीन महिनाको अवधिमा जग्गाको कारोबार झन्डै दश प्रतिशतले बढेको छ।
 
तीन महिनादेखि घरजग्गाको कारोबारमा सुधार आएको घरजग्गा व्यवसायी गोपाल राईले बताए। 'जग्गाको मुल्यमा दस प्रतिशतले वृद्धि भएको छ',उनले भने,'यसलाई नराम्रो भन्न मिल्दैन।' उनले ठूला प्लटिङ जग्गाको कारोबारमा भने उल्लेखनीय सुधार हुन नसकेको बताए। जग्गाको कारोबार बढ्नुमा बैंकको ब्याजदर घट्नु प्रमुख कारण छ ।
 
पछिल्लो समयमा बैंकहरुले घरजग्गा कर्जा ६.६६ प्रतिशतसम्म झारेका छन्। ब्याज कम भएपछि उपत्यकामा बस्ने कामकाजीहरुले घर निर्माण गर्न थालेपछि टुक्रे जग्गाको भाउ बढेको हो। चर्को भाडाका कारण महिनावारी लाखको हाराहारी कमाउने कामकाजीले घरको विकल्प रोजेकाले जग्गाको कारोबार बढेको छ र मूल्य समेत बढाएको छ।
 
जग्गाको मूल्य काठमाडौंका काठ क्षेत्रमा बढेको छ। मध्यमवर्गीयहरुले ५० लाख रुपैयाँसम्ममा घर निर्माणको विकल्प काठ क्षेत्र भएकोले मूल्यको चाप परेको हो।
 
अर्को काठमाडौंका सबै गाविस नगरपालिकामा परिणत भएकोले समेत जग्गाको मूल्य बढेको हो।  गत पुसमा काठमाडौंका सबै ठाउलाई नगरपालिका घोषणा गरेको थियो।
 
नगरपालिका घोषणा भएपछि जग्गाको कारोबारमा चहलपहल बढेको मालपोत कार्यालय, कलंकीका सुचना अधिकारी प्रेम दाहालले बताए। भुकम्पका कारण ठप्प रहेको जग्गाको कारोबारलाई माथी उकास्न नगरपालिका घोषणाले सहयोग गरेको उनले बताए।
 
कारोबार बढेपछि काठमाडौंका मालपोत कार्यालयबाट उठ्ने राजश्व दोब्बरले वृद्धि भएको छ। उनले भने, 'पहिले गाविस छँदा दुई प्रतिशतले मात्र उठ्ने गरेको राजश्व अहिले वृद्धि भएर चार प्रतिशत पुगेको छ।' अहिले दैनिक औशत एक सय ५० जनाले जग्गाको कारोबार गरिरहेको उनले बताए।
 
भुकम्पको डर त्रासबाट मानिसहरु काठमाडौं छाड्न बाध्य भएका थिए। तर बैकंले सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउन सुरु गरेपछि मानिसहरु फेरि घर बनाउन आकर्षित भएको कारण जग्गाको कारोबारमा वृद्धि भएको घर जग्गा व्यवसायी भीम खकुरेलले बताए। 'अहिले बैंकहरुले सस्तोमा घर कर्जा उपलब्ध गराएका छन्', उनले भने, ' जसले गर्दा जग्गा खरिद गर्नेको संख्या बढेको छ। प्‍लटिङ् गर्न जग्गाको अभाव भएको छ।' बजारमा जग्गा बिक्री गर्नेको भन्दा खरिद गर्नेको लर्को रहेको उनले बताए।
 
'भुकम्प अगाडी आनाको पाँच लाख रुपैयाँ पर्ने जग्गाको भाउ अहिले आनाको आठ लाख सम्म पर्छ।' उनले भने ।
 
बाणिज्य बैंकहरुले फागुन मसान्तसम्म रियलस्टेटमा ७३ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यो जग्गा किन्न गएको पैसा हो । त्यस्तै ९५ अर्ब २६ करोड रुपैयाँ आवासीय कर्जा बैंकहरुले दिएका छन् । एक करोड रुपैयाँसम्म कर्जा लिने मात्रै यसमा समावेश छन् । विकास बैंक र फाइनान्स कम्पनीले पनि घरजग्गामा कर्जा दिएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell