PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

राष्ट्रपतिलाई सभामुखको ब्रिफिङ - सहमति नभए अविश्वासको प्रस्ताव अगाडि बढ्छ



पहिलोपोस्ट

काठमाडौँ : सभामुख ओनसरी घर्तीले दलहरुबीच सहमति नभए संसदको बिहीबार ११ बजेको बै‍ठकमा पूर्व सूचना अनुसार अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णयमा आफू पुगेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएकी छिन्। 

उनले सहमति भए बजेटका आश्रित विधेयक अगाडि बढाउने अन्यथा पूर्व सूचना अनुसार अविश्वासको प्रस्ताव अगाडि बढाउने तयारीमा रहेको बिफ्रिङ गरेकी हुन्।

घर्तीले राष्ट्रपतिसँगको भेटमा संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव, बजेटका आश्रित विधेयक अगाडि बढ्न नसकेको अवस्थाका बारेमा छलफल गरेकी हुन्।

त्यस्तै सभामुख घर्तीले दलका नेताहरुसँग संसदमा देखिएको अविश्वासको वातावरण हटाउने विषयमा आफूले राजनीतिक दलका नेतासँग गरेको कुराकानीका विषयमा समेत जानकारी गराएकी थिइन्।

राष्ट्रपति भण्डारीले भने घर्तीले गरेको प्रयासको सरहाना गरेको सभामुखका प्रेस सल्लाहकार वासुदेव शर्मा बबिनले जानकारी दिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माका अनुसार भेटमा राष्ट्रपति भण्डारीले – ‘अहिलेको परिस्थितिमा संविधान कार्यान्वयन, सद्भाव, सहमति, एकता, मेलमिलापले बल पुग्छ त्यसमा लागेर  अगाडि बढ्न राम्रो हुने’ बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell