PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

मधेसी मोर्चा र कांग्रेस-माओवादी गठबन्धनबीच तीन बुँदे सहमतिमा हस्ताक्षर



पहिलोपोस्ट

मधेसी मोर्चा र कांग्रेस-माओवादी गठबन्धनबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

काठमाडौं : कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच हिजो तयार भएको तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि उम्मेदवारी दर्ता भएसँगै हिजो तीन बुँदे सहमति भएको थियो।

अहिले भरखरै कांग्रेस-माओवादी र मोर्चा सम्बद्ध दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेको सद्भावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मणलाल कर्णले बताए। मोर्चाले प्रधानमन्त्री चुनावमा जानुअघि कांग्रेस र माओवादीले केही न केही लिखित प्रतिबद्धता जनाउनुपर्ने बताउँदै आएको थियो।

लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चालाई अब बन्ने सरकारको समर्थन रहने गरी तीन बुँदे सहमति भएको हो। सहमतिअनुसार नयाँ सरकार गठन भएलगत्तै मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च र मृत्यु भएकालाई सहिद घोषणा गरिनेछ।

मधेसी दलहरुले राख्दै आएको संविधान संशोधनको मागलाई सुनुवाइ गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell