PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नेपाल महिला एसिया कपमा छनोट, अब एसियाका टेष्ट खेल्ने टोलीसँग खेल्ने



पहिलोपोस्ट

काठमाडौं : आगामी वर्ष हुने महिला विश्वकपका लागि एसियाली छनोट जित्ने लक्ष्य सहित थाइल्याण्ड पुगेको नेपाली टोली उपविजेता बनेपनि महिला एसिया कपका लागि छनोट भएको छ।

थाइल्याण्डमा भएको एसियाली छनोटमा नेपाल थाइल्याण्ड भन्दा पछि रहँदै दोस्रो स्थानमा रह्यो। ४ टोली सहभागी रहेको प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा खेलाइएको थियो।

नेपालले खेलेका ६ मध्ये ३ खेलमा जित हात पार्दै ६ अंक बटुल्दा थाइल्याण्डले ५ खेल जित्दै १० अंक जोडेर च्याम्पियन बन्यो। नेपालले लिगको अन्तिम खेलमा चीनलाई ४ विकेटले हराउँदै दोस्रो स्थान हात पार्दै एसियन कपमा स्थान सुरक्षित गरेको हो। ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर १५ बल अगावै पुरा गरेको थियो।

च्याम्पियन बनेसँगै थाइल्याण्ड विश्वकपका लागि हुने ग्लोबल क्वालिफायरमा छनोट भएको छ।

नेपाल भने थाइल्याण्डमै हुने एसियन कपका लागि छनोट भएको हो। आगामी नोभेम्वर २५ देखि डिसेम्बर ५ सम्म थाइल्याण्डमै हुने एसियन कपमा नेपालसँगै आयोजक थाइल्याण्ड र टेष्ट खेल्ने ४ राष्ट्रको सहभागिता रहनेछ। टी २० फर्म्याटमा खेलाइने प्रतियोगितामा नेपालले एसियन पावर हाउस भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली महिला टोलीले एसिया कप खेल्न लागेको यो दोस्रो अवसर हो। यसअघि सन् २०१२ मा पनि नेपालले एसिया कप खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell