- प्रभात भट्टराई/पहिलोपोस्ट-
आफूलाई स्थानीयवासी बताउने एक जत्थाले सर्वोच्च टोलीलाई रोकेर तामेलीको पत्र टाँस्न दिएन।
रातो घेरमा लोकमानका ज्वाइँ
आखिर स्थानीयको नाममा लोकमानको ढाल बन्न जाने को थिए त?
यसका प्रमुख नाइके थिए - लोकमानका कान्छा ज्वाइँ प्रवल थापा। थापाले गत वर्ष लोकमानकी छोरी आकृतीसँग बिहे गरेका थिए।
थापा थापागाउँका बासिन्दा हुन्। उनी त्यहीँबाट आफू पक्षधरलाई बटुलेर वानेश्वर हाइटस्थित ससुराली घरको रखबारीमा पुगेका थिए सोमबार बिहान।
अष्ट्रेलियाबाट मास्टर्स गरेर आएका थापा अहिले कांग्रेसको राजनीति गर्छन्। काँग्रेसको १३औँ महाधिवेसनबाट उनी काठमाडौँ जिल्ला कार्य समिति सदस्य समेत चुनिएका छन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापा एवं एन्फाका पुर्व अध्यक्ष गणेश थापाका भाञ्जा हुन् प्रवल।
गणेशले ५० औँ करोड भ्रष्टाचार गरेको भन्दै संसदको सार्वजनिक लेखा समितिले निर्णय गरेर छानविनका लागि अख्तियारमा बुझाएको फायल लोकमानले तामेलीका राखेका थिए। त्यसको केही समयपछि नै प्रवल र आकृतीको बिहे भयो। गणेश र लोकमान सम्धी बने। त्यसपछि त झन् फायल खुल्नै कुरै आएन।