PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

एमाले अध्यक्ष ओलीले सोधे- 'प्रदेश नम्बर ५ किन र केका लागि छुट्याउने?'



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीले सोधे- 'प्रदेश नम्बर ५ किन र केका लागि छुट्याउने?'

लुम्बिनी : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएका छन्।

प्रेस चौतारी रुपन्देहीले आज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेकाले छुट्याउन नहुने बताए।

पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनुपर्छ  भन्ने जबर्जस्ती माग कतिपय पक्षको रहेको उनको भनाइ थियो। 'मैले सोध्ने गरेको छु, यो माग कसको हो?' ओलीले भने, 'पाँच नम्बर प्रदेशलाई किन छुट्याउनुपर्छ, यसबाट के प्राप्त हुन्छ? यी प्रश्नको उत्तर बिना आएको यो मागको सर्मथन कसरी गर्ने?'

प्रदेश नम्बर पाँचलाई कुनै पनि हालतमा छुट्याउन नसकिने भन्दै उनले यस्ता मागका पछाडि नलाग्न सबैलाई आग्रह गरे।

कुनै पनि मुलुकमा अङ्गीकृत नागरिकताधारीले संवैधानिक अङ्गको प्रमुख बन्न पाउने प्रावधान नभएकाले नेपालमा पनि अङ्गीकृत नागरिकताधारीलाई संवैधानिक अङ्ग प्रमुख बनाउन नसकिने उनले स्पष्ट पारे।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell