PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

​महिला एसिया कप खेल्न नेपाली टीम थाइल्याण्ड प्रस्थान, प्रशिक्षकमा राजु बस्न्यातकै निरन्तरता



पहिलोपोस्ट

​महिला एसिया कप खेल्न नेपाली टीम थाइल्याण्ड प्रस्थान, प्रशिक्षकमा राजु बस्न्यातकै निरन्तरता

काठमाडौं : प्रशिक्षकमा राजु बस्न्यातलाई निरन्तरता दिँदै नेपाली महिला क्रिकेट टीम एसिया कप खेल्न थाइल्याण्ड प्रस्थान गरेको छ। 

नोभेम्वर २६ (आगामी शनिबार) देखि बैंककमा हुने महिला एसिया कपका लागि रुबिना क्षेत्रीको कप्तनीमा रहेको नेपाली टोली बुधबार थाइल्याण्ड प्रस्थान गरेका हुन्। 

टोलीलाई बुधबारै बिहान राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले नेपालको राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाइ गरेका थिए।

यस्तै महिला टीमको प्रशिक्षकमा राजु बस्न्यातलाई निरन्तरता दिइएको छ। अक्टोबरमा हङकङमा भएको आइसीसी महिला विश्वकपको एसियन छनोटमा पनि राजुले नै नेपालको प्रशिक्षण सम्हालेका थिए। तर केही दिन अघि हङकङमा महिला खेलाडीमाथि यौन दुर्व्यवहार गरेको, गाली गरेको जस्ता आरोप लागेपछि महिला टीम घोषणामा प्रशिक्षकको नाम घोषणा गरिएको थिएन। 

उक्त आरोपको प्रशिक्षक राजुले खण्डन समेत गरेका थिए। त्यसका बाबजुत पनि बन्द प्रशिक्षणमा समेत राजुले नै खेलाडीहरुलाई प्रशिक्षण गराएका थिए।

आइसीसीका प्रतिनिधि बन्दुला वार्नापुरा नेपाल आएपछि राजुलाई नै महिला एसिया कपमा नेपालको प्रशिक्षण सम्हाल्ने जिम्मेवारी दिइएको हो।

नेपाली महिला टोलीलले थाइल्याण्डमा एसियाका टेष्ट खेल्ने ४ राष्ट्रसँगै आयोजक थाइल्याण्डसँग पनि प्रतिस्पर्धा गर्नेछ।

आगामी शनिबार नेपालले पाकिस्तान विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपाली टीम : रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, नेरी थापा, निरा राजोपाध्याय, शोभा आले, इन्दु बर्मा, रोशनी बोहरा, ज्योती पाण्डे, सरीता मगर, करुण भण्डारी, रश्मि शर्मा, सरस्वती चौधरी, सबनम राई, संगीता राई
प्रशिक्षक : राजु बस्न्यात



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell