PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

प्रदेश ५ बारे प्रचण्डलाई आफ्नै दलका नेताको चेतावनी - भूईँको टिप्न खोज्दा गोजीको खस्ला



पहिलोपोस्ट

प्रदेश ५ बारे प्रचण्डलाई आफ्नै दलका नेताको चेतावनी -  भूईँको टिप्न खोज्दा गोजीको खस्ला

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भूईँको टिप्न खोज्दा गोजीको खस्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका हुन्। 

उनले अघि भने, ‘मेरो लागि देश र जनता ठूलो कुरा हो, पार्टी भनेको त्यसपछिमात्रै हो।’ 

रायमाझीले विवाद नै नएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाइदा नहुने जिकिर गरे। उनले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव आएमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा पार्टीले कारबाही गरे पनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारे। 

रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने विषयमा ९० प्रतिशतको विरोध रहेको उल्लेख गर्दै भने, ‘५ नम्बर प्रदेशका सबै दलहरु एक ढिक्का छन्, यदि ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कुरा भए जनता स्वतस्फूर्त आन्दोलनमा उत्रिन्छन, अहिले पनि आन्दोलनका झिल्काहरु देखा परेका छन्।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell