PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

​यी हुन् संशोधन गर्ने तयारी गरिएका संविधानका धाराहरु



पहिलोपोस्ट

​यी हुन् संशोधन गर्ने तयारी गरिएका संविधानका धाराहरु

काठमाडौँ : सरकारले आजै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेको छ। संविधान संशोधनका विषयमा छलफल गर्न दिउँसो साढे १ बजे मन्त्रिपरिषद्को बैठक समेत डाकिएको छ।

सम्बन्धित समाचार : यस्तो थियो संविधानको पहिलो संशोधन

सत्तारुढ नेकपा माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेतले आजै संविधान संशोधन दर्ताको तयारी भइरहेको पहिलोपोस्टलाई बताए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषद्‍मा जानुअघि प्रधानमन्त्रीले कांग्रेस र मधेसी मोर्चाका सांसदहरुसँग छलफल गर्न लागेको उल्लेख गरे। उनले पनि आजै दर्ताको सम्भावना रहेको बताए।
 

के-के हुँदैछन् संशोधन?

सरकारले चार वटा मुख्य विषयमा संविधान संशोधनको तयारी गरेको छ।

१) भाषा सम्बन्धी विषयलाई संविधानको अनुसूचीमा राख्ने गरी संशोधनको तयारी छ जसका लागि धारा २८७ संशोधन गर्ने र त्यसमा मिलाएर अनुसूची थप्ने तयारी सरकारले गरेको छ।

२) सीमाङ्कनमा पाँच नम्बर प्रदेशका पाल्पा, अर्घाखाँची र गुल्मी रोल्पा र प्युठानलाई चार नम्बर प्रदेशमा राख्ने गरी संविधानको अनुसूची हेरफेरको तयारी छ। त्यसका लागि संविधानको धारा ५६ को उपधारा ३ अनुसारको अनुसुची ४ हेरफेर गर्न लागेको हो।


३) नागरिकताको विषयमा नेपाली पुरुषसँग विवाह गर्ने महिलाले आफ्नो देशको नागरिकता परित्यागको प्रकृया सुरु गरे सँगै वैवाहिक अंगिकृत नागरिता प्राप्त गर्न सक्ने प्रवाधान राखिने भएको छ जसका लागि संविधानको धारा ११ को उपधारा ६ संशोधन गर्ने तयारी सरकारको छ।


४) राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने विषयमा प्रत्येक प्रदेशबाट निश्चित संख्या तोक्ने र त्यसपछि जनसंख्याको आधारमा प्रतिनिधित्व गराउने गरी संविधान संशोधन तयारी सरकारको छ। ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठ-आठ जना निर्वाचित हुने प्रावधान परिवर्तन गर्ने गरी संशोधन प्रस्ताव सरकारले तयार गरेको हो।

संशोधन प्रत्येक प्रदेशबाट ४ जना गरी २८ जना चयन हुने र बाँकी ३२ सिट जनसंख्याको आधारमा प्रदेशहरुबाट निर्वाचित हुने प्रावधान सरकारले गर्न लागेको हो।

त्यसका लागि संविधानको धारा ८६ को २ संशोधन गर्ने तयारी सरकारको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell