PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

महिला एसिया कप : श्रीलंका विरुद्ध पनि नेपालको खराब प्रदर्शन, ८ विकेटले पराजित



पहिलोपोस्ट

महिला एसिया कप : श्रीलंका विरुद्ध पनि नेपालको खराब प्रदर्शन, ८ विकेटले पराजित

महिला एसिया कप अन्तर्गत दोस्रो खेलमा पनि नेपालले ब्याटिङमा सुधार गर्न नसक्दा श्रीलंकासँग ८ विकेटले पराजित भएको छ।

नेपालले दिएको २४ रनको सामान्य लक्ष्य श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‌यो।

थाइल्याण्डमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग खराब ब्याटिङ गरेको नेपालले श्रीलंका विरुद्ध पनि पुरानै समस्या दोहोरायो।

श्रीलंकाको जितमा कप्तान हसिनी परेराले नटआउट १७ रन बनाइन्।

नेपालको लागि कप्तन रुबिना क्षेत्री र करुण भण्डारीले १/१ विकेट हात पारिन्।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २३ रनमा अलआउट भएको थियो।

नेपालका लागि ओपनर ज्योती पाण्डेले सर्वाधिक १६ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। अर्का ओपनर सिता मगर ४ तथा कप्ता रुबिना क्षेत्री १ रन बनाएर आउट भए।

नेपालका ७ खेलाडीले खाता समेत नेखोली अाउट भएका थिए।

नेपाललाई कम स्कोरमा रोक्न श्रीलंकाका इनोका रानाविराले ३ सुगान्डिका कुमारी र ओसादी रानासिंगेले समान २ विकेत लिए।

श्रीलंकासँग खेल हुनु अघि नेपालका प्रशिक्षक राजु बस्न्यातले १२० रन बनाउन सके जित्न सक्ने बताएपनि खेलाडीहरुले भने त्यस्तो खालको प्रदर्शन गर्न सकेनन्।

आइतबार श्रीलंका पाकिस्तानसँग हारेसँगै नेपाली टोलीको मनोबल बढेको भनेर प्रशिक्षकले बताएपनि खेलाडीमा भने पुरानै समस्या देखियो।

नेपालले अब भोली बंगलादेशसँग तेस्रो खेल खेल्नेछ। 

बंगलादेश पहिलो खेलमा भारतसँग हारेको थियो भने आज भएको खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell