PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चुनावका विषयमा एमालेसँग सहमति भएको छ : देउवा



पहिलोपोस्ट

चुनावका विषयमा एमालेसँग सहमति भएको छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस र पहाडी जनतालाई जुटाएर देशलाई विखण्डनतर्फ नलैजान नेकपा एमालेलाई आग्रह गरेका छन्।
 
आज राजधानीको त्रिचन्द्र कलेजमा नेविसंघले गरेको कार्यक्रममा बौल्दै देउवाले संविधान संशोधनको विषयलाई विवादमा नल्याउन समेत एमालेलाई आग्रह गरे।
 
निर्धारित समयमा नै तीन वटा चुनाव हुने दाबी गर्दै उनले भने, ‘विश्वभरको नियम नै छ, क्यालेन्डर अनुसार नै चुनाव हुन्छ।‘ चुनावका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार छलफल समेत भएको उनले बताए। ‘उहाँसँग अहिलेको गाउँपालिका, नगरपालिकाको संख्यालाई आधार बनाए भए पनि चुनाव गर्ने सहमति भएको छ,‘ उनले भने।
 
लोकतन्त्रलाई सुदृढीकरण गर्नका लागि पनि संविधान कार्यान्वयन अपरिहार्य भएकाले सबै दललाई सहमतिमा आउन देउवाले आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell