PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

प्रतियोगितामा खेल्न नपाउने भएपछि थ्री स्टारले माग्यो एन्फासित ६ करोड क्षतिपूर्ति



पहिलोपोस्ट

प्रतियोगितामा खेल्न नपाउने भएपछि थ्री स्टारले माग्यो एन्फासित ६ करोड क्षतिपूर्ति

काठमाडौँ : नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको लापरवाहीका कारण छनौट भएर पनि थ्रीस्टार क्लबले एएफसी कप प्लेअफ प्रतियोगिता खेल्न नपाएपछि छ करोड क्षतिपूर्ति मागेको छ। 

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै थ्री स्टार क्लबले अहिलेसम्मको खर्च लगानी, ब्रान्ड इमेज, प्लेअफको तयारी खर्च, प्ले अफ जितेमा पाउने रकमको क्षतिपूर्ति सबै गरेर ६ करोड माग गरिएको क्लबका महासचिव सञ्जीव शिल्‍पकारले बताए। 

थ्रीस्टारको सहभागिताबारे एएफसीले एन्फालाई बारम्बार पत्राचार गरेको तर एन्फाले त्यसलाई वास्ता नगरेपछि डिसेम्वर ६ दुई दिन एएफसीले एन्फालाई अन्तिम पत्र पठाउँदै थ्रीस्टारले प्रतियोगिता खेल्न नपाउने जानकारी गराएको थियो। 

एएफसीले एन्फालाई पहिलोपटक सेप्टेम्वर २६ मा पत्र पठाएको थियो। त्यसपछि अक्टोवर ३०, नोभेम्वर २१ र नोभेम्वर २५ मा गरी टीन पटक पठाएको पत्रको पनि एन्फाले जवाफ नपठाएपछि थ्रीस्टारको खेल्ने सम्भावना कमजोर बनिसकेको थियो। 

त्यसपछि पनि एन्फाले डिसेम्वर ५ मा एएफसीको पत्रको जवाफ पठाएपनि त्यो ढिला भइसकेको र थ्री स्टारले एएफसी कप प्लेअफमा भाग लिन नसक्ने जनाएको छ।

प्रतियोगिताका निर्देशक सिन मान गिलले एन्फाका महासचिव धिरेन्द्र प्रधानलाई सम्बोधन गर्दै पत्र पठाएका छन्। 

यता थ्री स्टार क्लबलाई भने अहिलेसम्म यसबारे कुनै जानकारी नभएको र एक्कासी एएफसीको वेवसाइटमा जानकारी देख्दा आफुहरु पनि आश्चर्यमा परेको क्लबका महासचिव सन्जिव शिल्पकारले बताए। 

एएफसी कप प्लेअफमा दक्षिण एसियाली क्षेत्रबाट भारत, माल्दिभ्स र बंगलादेश, भुटान र श्रीलंकाको क्लबको स्थान छ। 

यतिसम्म मंगोलियाको क्लबलाई समेत प्लेअफमा एक स्थान छुट्याएको छ, जबकी थ्री स्टारले एएफसी कप प्लेअफ क्वालिफायर्समा मंगोलियाकै क्लबलाई हराएको थियो।

एसियाको दोस्रो दर्जाको प्रतियोगिता एएफसी कपको प्लेअफका लागि थ्री स्टारसँगै ९ टोलीले भाग लिएका थिए। तीन समूहमा विभाजन गरिएको यस छनोट बाट समूह विजेता बन्ने तीन क्लब अघिल्लो चरणमा प्रवेश गर्ने प्रक्रिया थियो। 

 छनोटको समूह बीमा रहेको थ्री स्टार ४ अंक सहित समूह विजेता बनेपछि अघिल्लो चरण प्रवेश गरेको थियो।

एसियाको तेस्रो दर्जाको प्रतियोगिता एएफसी प्रेसिडेन्ट कपको खारेजी गरेसँगै नेपाल जस्ता देशका क्लबको लागि पनि एएफसीले एएफसी कपको छनोट खेल्ने मौका प्रदान गरेको हो।
 
यस प्रकारको प्रतियोगितामा भाग लिँदै अघिल्लो चरण प्रवेश गर्ने थ्री स्टार पहिलो क्लब बनेको थियो। सन् २००५ मा काठमाडौंबाटै सुरु भएको प्रेसिडेन्ट कप खेल्नेमा पनि थ्री स्टार नै पहिलो क्लब बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell