PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

तीन दलको बैठकले सहमति जुटाउन सकेन, संसद अवरोध नरोक्ने एमालेको अडान



पहिलोपोस्ट

तीन दलको बैठकले सहमति जुटाउन सकेन, संसद अवरोध नरोक्ने एमालेको अडान

काठमाडौं : संसदमा जारी अवरोध हटाउने र सहमति जुटाउनेगरी बसेको तीन दलको बैठकले ठोस निष्कर्ष निकाल्न सकेन। संसदमा दर्ता संविधान संशोधन प्रस्ताव जसरी पनि अगाडि बढाउने सत्तापक्षको तयारी र जसरी पनि रोक्ने प्रमुख प्रतिपक्षीको रणनीतिका बीच सहमति जुटाउन सभामुख ओनसरी घर्तीले तीन दलका नेतासँग छलफल गरेकी थिइन्।

केही बेरअघि सिंहदरबारमा सकिएको बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले प्रस्ताव फिर्ता नलिने हो भने अवरोध जारी राख्ने बताएका छन्।सत्तापक्षले एमाले नेताहरुलाई चुनावमा जानेबारे धारणा मागेका थिए। एमाले नेताले चुनावमा जाने चाहना व्यक्त गरे पनि संशोधन प्रस्तावसँगै चुनावलाई जोडेर ल्याइए अवरोधबाट पछि नहट्ने अडान राखेका थिए।

‘सत्तापक्ष अब कसरी आउँछ हामी त्यही अनुरुप प्रस्तुत हुन्छौं,’ गौतमले भने, ‘हाम्रो कुरा नसुन्ने हो भने संसद अवरोध जारी राख्नेछौं।’

कांग्रेस नेता रामचन्द्र पौडेलले भने दलबीच अब कसरी बढ्ने भनेर प्याकेजमै सहमति हुने सञ्चारकर्मीलाई प्रतिक्रिया दिए। मंसिर १४ मा सरकारको तर्फबाट संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यसको विरोधमा सडक र सदन दुवैतिर संघर्ष गरिरहेको छ। संसदमा प्रस्ताव दर्ता भए पनि कार्यसूचीमा पर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell