
काठमाडौं : चलचित्र होस्टेलबाट चर्चामा आएकी नायिका रिस्ता बस्नेतको परिचय फेरियो बुधबारबाट । अर्धकट्टी, आधापेज लगायतका चलचित्रमा अभिनय गरेकी उनी अब नायिका मात्रै रहिनन्, नेपाली कांग्रेस सदस्य समेत भइन्। निर्देशक रमेश बुढाथोकी सहित १० कलाकार एकाविहानै काग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगे र कांग्रेस प्रवेश गरे। नक्कली हिसिला बनेर चर्चामा आएकी विपना बस्नेत पनि कांग्रेस प्रवेश गरिन्।
आफ्नाे निवास आइपुगेका पुगेर पार्टी प्रवेश गर्नेमा कलाकारलाई सभापति देउवाले नायीका बस्नेत, बुढाथोकी, सहित कलाकार संघका अध्यक्ष रामकेसर बोगटी, प्राविधिक पुस्कर लामा, युवराज चौलागाई, पुर्णम राई, प्रतिक्षा खड्का, नम्रता योगी, र रञ्जु सुनामलाई खादा माला र अविर लगाएर पार्टी प्रवेश गराएका थिए। पार्टी प्रवेश गराएसँगै सबै कलकारलाई कांग्रेसको साधारण सदस्यता दिए।
निर्माता राजकुमार राई, अभिनेता निर शाह,नायीका मेलिना मानन्धनर कांगेंस प्रवेश गरीसकेका छन्।
कुन कलाकार कता ?
एक साता अगाडि गायिका कोमल वली र नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका थिए। थापा माओवादी केन्द्र त्यागेर राप्रपामा प्रवेश गरेकी हुन्। यस अघि गायीका मिरा राणा र गायक सञ्जय श्रेष्ठ र निर्माता उद्धव पौडेल राप्रपा नेपालबाट संविधान सभाको उम्मेदवार बनेका थिए।नायिका किरश्मा मानन्धर नयाँ शक्ती नेपालकी केन्द्रीय सदस्य हुन्। संविधान सभा दोस्रो निर्वाचन अगाडि नायक भुवन केसी एमालेमा प्रवेश गरेर उम्मेदवारको दावी नै गरेका थिए। सरोज खनाल पनि नयाँ शक्ती नेपाल प्रवेश गरेका थिए। नायक तथा निर्माता नवल खड्का, केपी पाठक माओवादीमा प्रवेश गरीसकेका छन्।