काठमाडौं : सभामुख ओनसरी घर्तीले प्रमुख दलका नेतालाई पावर शेयरिगं गर्न आफुले सुझाव दिएको बताएकी छिन् । संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने समेत उनले बताइन् ।
व्यवस्थापिका–संसद् सचिवालयद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्मा जारी गतिरोध हटेर केही दिनभित्रै गतिविधी शुरु हुने दावी समेत गरिन् ।
उनले दलको प्रमुख कार्यभार नयाँ संविधानको समयबद्ध कार्यान्वयन रहेको र २०७४ माघभित्र तीन तहको निर्वाचन पूरा गर्नु प्रमुख दायित्व रहेको उनले बताइन् ।