PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई हरायो



पहिलोपोस्ट

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं : बंगलादेशमा आजबार सुरु भएको एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को सेटमा पराजित गरेको हो। 

प्रतिस्पर्धात्मक पहिलो सेट २६-२४ ले जितेको नेपालले दोस्रो सेट भने २५-१५ ले गुमाएको थियो। तर त्यसपछिका दुई सेटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले खेल जितेको हो। नेपालले तेस्रो सेट २५-१९ तथा चौथो सेट २६-२४ ले जित्यो।

च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स र आयोजक बंगालदेशसँगै अफगानिस्तान र किर्गिस्थानको सहभागिता रहेको छ।

गत वर्ष ७ टोली सहभागि सेन्ट्रल जोन च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश गर्न सफल भएको थियो। त्यतिबेलाको च्याम्पियन तुर्कमिनेस्तान यो पटक भने सहभागि भएको छैन। 

त्यसबेला माल्दिभ्ससँग हारेको नेपालले यो पटक माल्दिभ्ससँग बदला समेत लिएको छ।

राउण्ड रोविन लिग फर्म्याटमा हुने च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रबार आयोजक बंगलादेशसँग खेल्नेछ भने शनिबार अफगानिस्तान तथा सोमबार किर्गिस्थानसँग खेल्ने तालिका छ। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

सबै खेलहरु मिरपुरस्थित शाहिद सुहवार्डी इनडोर स्टेडियममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell