काठमाडौं : एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशसँग पराजित भएको छ।
पहिलो खेलमा माल्दिभ्सलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको नेपाल शुक्रबार बंगलोदशसँग ३-० को सोझो सेटमा पराजित भएको छ।
नेपालले २५-२१, २५-२०, २५-२३ को सेटमा पराजित भएको हो। तेस्रो सेटमा २३-२३ को बराबरी रहेपनि नेपालले लगातार दुई प्वाइन्ट गुमाउँदा सोझो सेटमा हार बेहोरेको हो।
च्याम्पियनसिपमा नेपालले विहिबार माल्दिभ्सलाई ३-१ को सेटमा हराएको थियो। बंगलादेशको भने यो लगातार दोस्रो जित हो। पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ३-१ को सेटमा पराजित गरेको थियो।
५ टोली सहभागिता प्रतियोगिताको तेस्रो खेलमा नेपालले शनिबार अफगानिस्तानसँग खेल्नेछ भने अन्तिम खेल सोमबार किर्गिस्थानसँग खेल्ने तालिका छ। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
फाइल फोटो