PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित, अफगानिस्तान पराजित



पहिलोपोस्ट

​सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित, अफगानिस्तान पराजित

काठमाडौं : एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गरेको छ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले अफगानिस्तानलाई २५-११, १८-२५, २५-१४, १९-२५ र १५-१३ ले पराजित गरेको हो। जारी च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो।

पहिलो खेलमा माल्दिभ्सलाई हराएको नेपाल दोस्रो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो।

५ टोली सहभागिता प्रतियोगिताको चौथो तथा अन्तिम लिग खेलमा नेपालले सोमबार किर्गिस्थानसँग खेल्नेछ। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell