PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

'क्रान्तिकारी कवि' तथा पूर्वसभासद् सायमिको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद स्थगित



पहिलोपोस्ट

'क्रान्तिकारी कवि' तथा पूर्वसभासद् सायमिको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद स्थगित

काठमाडौं : एक महिनादेखि कार्यसूचीमा प्रवेश गर्न नसकेको व्यवस्थापिका संसद्को आजको बैठक नेपाः राष्ट्रिय पार्टीका पूर्व सभासद् बुद्धरत्न सायमिको निधनको शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।
 
संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार सायमिको निधनमा शोक प्रस्ताव पारित बैठक बुधबार दिनको ३ बजेसम्मका लागि स्थगित गरिएको हो।

सायमि २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौंबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए। उच्च रक्तचाप र मुटुका रोगी उनको उपचारका क्रममा ७३ वर्षको उमेरमा पुस १० गते निधन भएको थियो। उनी नेपाल भाषाका क्रान्तिकारी कविका रुपमा पनि परिचित थिए। संसदले पारित गरेको शोक प्रस्तावमा उनलाई 'क्रान्तिकारी कवि'का रुपमा व्याख्या गरिएको छ।

मंसिर १४ गते सरकारले संसद् सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि मंसिर १६ गतेवाट प्रतिपक्ष दलहरुले संसद् अवरुद्ध गर्दै आएका छन्। प्रतिपक्ष दलको अवरोधका कारण यसअघि ६ पटक र सूचना टाँसेर तीन पटक बैठक स्थगित भइसकेको छ।
 
संसद्को काम कारवाही सुचारु नहुँदा स्थानीय तह निर्वाचन र निर्वाचन कसुर तथा सजाय निर्धारण सम्बन्धी विधेयक संसद्मा पेश हुन् पाएका छैनन्। यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको छलफल पनि अघि बढ्न सकेको छैन।
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell