काठमाडौँ : महाभियोग सिफारिस समितिको सभापति चयनमा अन्यौलता बढेको छ। समिति गठन भएको लामो समय बित्दा समेत सभापति चयन हुन नसकेको छ। गत कात्तिक ३ गते लोकमानसिंह कार्की विरुद्ध महाभियोग दर्ता भएकै दिन समिति गठन भएको थियो।
सभापति चयनका विषयमा छलफल गर्न बसेको समितिको बिहीबारको बैठकले राजनीतिक सहमति नभएको अवस्थामा सभापति चयन हुन नसक्ने निर्णय लिएको छ।
संसद सचिवालयले महाभियोग सिफारिस समिति र लेखा समितिमा आगामी २५ गते सभापति चयनका लागि निर्वाचनको तयारी गरिरहेको छ।
समिति सभापति चयनका लागि २४ घण्टा अघि निर्वाचन कार्यक्रम प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको संसद सचिवालयका प्रवक्ता भरत गौतमले बताए।
महाभियोग सिफारिस समितिले आफ्नो कार्यविधि तय गरेपनि सभापति चयन गरेको छैन। समितिको अर्को बैठक माघ २५ गतेका लागि डाकिएको छ।