![एएफसी एसियन कप छनोटको ड्र सार्वजनिक : नेपाल, फिलिपिन्स, ताजिकिस्तान र यमन एउटै समूहमा](https://pahilopost.com/assets/upload/contentthumb/ACQ2019_slider.jpg)
काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कपको लागि अन्तिम चरणको ड्र सार्वजनिक गरिएको छ। युर्एइमा सोमबार भएको ड्र अनुसार नेपाल समूह एफ मा परेको छ।
नेपाल रहेको समूहमा फिलिपिन्स, ताजिकिस्तान र यमन छन्। नेपाल पट डी मा थियो भने फिलिपिन्स पट ए, ताजिकिस्तान पट बी तथा यमन पट सी मा रहेको थियो।
२४ टोलीलाई विभिन्न ४ पटम विभाजन गरेर ड्र गरिएको हो। एसियाका शीर्ष १२ टोली बाहेक एएफसीले जारी गरेको वरीयता अनुसार कूल २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसअनुसार समूहको शीर्ष दुई स्थानमा रहने टीम एसिया कपको लागि छनोट हुनेछन्।
छनोट चरणका खेलहरु २०१७ मार्च २८ देखि २०१८ मार्च २७ सम्म होम एण्ड अवेका आधारमा सञ्चालन हुनेछ।
अन्तिम चरणको छनोटका लागि ग्वामले नाम फिर्ता लिएपनि एएफसी सोलिडारिटी कपको च्याम्पियन हैसियतमा एएफसीले नेपाललाई एसियन कपको छनोट खेल्ने अवसर प्रदान गरेको हो।
यस्तै अन्तिम चरणको छनोटका लागि छानिएको कुवेत प्रतिवन्धमा परेपछि सोलिडारिटी कप उपविजेताले मकाउले पनि नेपालसँगै अन्तिम चरणको छनोट खेल्ने मौका पाएको छ।
यसअघि नै एसियाका शीर्ष १२ टोली एसियाकपको लागि छनोट भइसकेका छन्। यस्तै एएफसीले सन् २०१९ को एसिया कपको अफिसियल लोगो पनि सार्वजनिक गरेको छ।
Here you go! The official logo of the @afcasiancup UAE 2019!#TheAFC #OAOG #Football #AsianCup2019 #Asia pic.twitter.com/agyVRC9Mgd
— The-AFC.com (@theafcdotcom) January 23, 2017