PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रमुख निर्वाचन आयुक्तले चुनावका लागि बैशाख ३१ सुझाए



पहिलोपोस्ट

प्रमुख निर्वाचन आयुक्तले चुनावका लागि बैशाख ३१ सुझाए

काठमाडौ‌ं : प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा उनले फास्टट्रयाकमा निर्वाचन गर्नुपर्ने र यसका लागि बैशाख ३१ को मिति सहज हुने सुझाव दिएका हुन्।

बैठक सकिएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन गर्न कठिन भए पनि आयोग तयार रहेको बताए। उनले निर्वाचनका लागि बैशाख ३१ को मिति सुझाएको बताए।

' निर्वाचन फास्टट्रयाकमा गर्नुपर्छ। प्रधानमन्त्रीले सबै साधनस्रोत दिन्छौ भन्नुभएको छ' उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell