PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​देशभर स्ववियु चुनाव हुँदै, त्रिविका ६१ आंगिकमध्ये ३७ क्याम्पसमा चुनाव नहुने



पहिलोपोस्ट

​देशभर स्ववियु चुनाव हुँदै, त्रिविका ६१ आंगिकमध्ये ३७ क्याम्पसमा चुनाव नहुने

काठमाडौँ : आठ बर्षपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्वन्धन प्राप्त क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ। फागुन १४ गतेका लागि तय भएको चुनाव विद्यार्थी संगठनको आग्रहमा त्रिविले सारेको थियो ।

स्ववियु निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता भईसकेका र विवाद नभएका क्याम्पसमा निर्वाचन विहानबाट शुरु भएको छ। देशभरका दुई सय ५० क्याम्पसमा निर्वाचन गर्न लागिएको हो।

निर्वाचन हुने क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

राजधानीका ३८ मध्ये ३० क्याम्पसमा विवादका कारण चुनाव हुनेछैन। राजधानीका कैलाशकुट बहुमखी क्याम्पस, महाराजगन्जस्थित नसिंङ क्याम्पस, थापाथली क्याम्पस, पुल्चोक इन्जिनियरिङलगायत ८ क्याम्पसमा चुनाव हुँदैछ।

चुनाव विहान ८ बजेदेखि साँझ ५ बजेसम्म गर्ने आचारसंहितामा उल्लेख भए पनि स्थानीय क्याम्पसका विद्यार्थी संगठनको समझदारीमा चुनावको समय हेरफेर गरिएको नेविसंघका सहमहामन्त्री प्रेमबहादुर जोशीले जानकारी दिए।

देशभरका ६१ बटा आंगिक क्याम्पसहरुमध्ये ३७ वटा क्याम्पसमा निर्वाचन नहुने भएको छ। ३७ वटा क्याम्पसहरुमा निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढ्न नसकेका कारण निर्वाचन नहुने भएको हो।

विद्यार्थी संगठनबीचको विवादका कारण केही क्याम्पसमा चुनाव नहुँने त्रिवि शिक्षाध्यक्ष एवं स्ववियु निर्वाचन समितिको संयोजक प्रा.डा. सुधा त्रिपाठीले बताइन्। त्रिपाठीले पहिलोपोस्टसँग भनिन् ‘विद्यार्थीहरु तालाचावी लगाएर वसेका छन् प्रहरी परिचालन गरेरमात्र क्याम्पसमा निर्वाचन गर्न सक्दनौं।’

राजधानीका चर्चामा रहेका सरस्वती बहुमुखी क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस, नेपाल कमर्श क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिवि केन्द्रीय क्याम्पस लगायतमा १ दर्जन भन्दाबढीमा बुधवार निर्वाचन हुनेछैन।

राजधानीका जनप्रसशासन बहुमुखी क्याम्पस र सानोठिमीमा भने विवादबीच आज चुनाव हुँदैछ। ठूला विद्यार्थी संगठनले चुनाव नहुँनुमा एक अर्कालाई दोष देखाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell