काठमाडौं : ललितकला क्याम्पसमा सुरु भएको स्ववियु निर्वाचन अवरुद्ध भएको छ। नेकपा एमालको भ्रातृ संगठन अनेरास्ववियुले क्याम्पसमा ताला लगाएपछि निर्वाचन अवरुद्ध भएको हो।
मतमेटिका र मतपत्र समेत मिलाई मतदान गर्ने तयारी गर्दैगर्दा अचानक अनेरास्ववियुका विद्यार्थीहरुले ताला लगाएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए।
आज देशभरका ६१ वटा आंगिक क्याम्पसमध्ये उपत्यकाका ९ र उपत्यकाबाहिरका १४ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। त्रिभुवन विश्वविद्यालयलका सम्बन्धन प्राप्त २ सय ५० भन्दा बढी क्याम्पसमा पनि निर्वाचन जारी छ।