PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​केन्याविरुद्ध खेल्न पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा, दीपेन्द्र पहिलो पटक टीममा पर्न सफल



पहिलोपोस्ट

​केन्याविरुद्ध खेल्न पारस खड्काको कप्तानीमा नेपाली टोली घोषणा, दीपेन्द्र पहिलो पटक टीममा पर्न सफल

काठमाडौँ : केन्याविरुद्ध फागुन २८ र ३० गते हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। कप्तान पारस खड्का नेतृत्वको टोलीमा एक नयाँ खेलाडी परेका छन् भने महबुब आलम र आरिफ शेखले पुनरागमन गरेका छन्।

यु १९ टीमका दीपेन्द्र सिंह एेरी सिनियर टिममा पहिलो पटक पर्सुन सफः भएका हुन्। केन्यासँग खेल्नका लागि सुपर लिगमा छानिएदेि नै दीपेन्दरलाई राष्ट्रिय टीममा स्थान बनाउन सक्ने खेलाडीको रुपमा हेरिएको थियो।

त्यस्तै टोलीमा उपकप्तानमा ज्ञानेन्द्र मल्ल छन् भने सागर पुन, सन्दिप लामिछाने, बिनोद भण्डारी, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, शरद् भेषावकर र करण केसी छन्।

वैकल्पिक खेलाडीमा भूवन कार्की, दिलिप नाथ, राजेश पुलामी मगर र दिलपनाथ समेटिएका छन्।

आइसिसीका प्रतिनिधि, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले नेपाली टोलीको चयन गरेका हुन्। खेल आउँदो शनिबार र ३० गते सोमबार त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell