PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कार्यसम्पादन समितिमा नपरेपछि शेखरले देउवालाई सोधे- 'वरिष्ठता तोक्ने तपाईं को?'



पहिलोपोस्ट

कार्यसम्पादन समितिमा नपरेपछि शेखरले देउवालाई सोधे- 'वरिष्ठता तोक्ने तपाईं को?'

काठमाडौं : आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा फरक मत राख्दै डा. शेखर कोइरालाले चित्तबुझ्दो जवाफ दिन सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्।

आजको बैठकमा कार्यसम्पादन समिति गठनको प्रस्ताव पेस गर्दा त्यहाँ कोइराला अटेनन्। पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवसहित निर्वाचनको रोलक्रममा २५ सदस्यलाई कार्यसम्पादन समितिमा समावेश गरिएको छ।

सुरुमै समय मागेर बोलेका कोइरालाले सभापति देउवासामु चित्तबुझ्दो जवाफको माग गरे। 'तपाईं विवाद मिलाउन समिति बनाउने तर आफैं वरिष्ठ को हो भनेर निर्णय गर्ने?' उनले देउवालाई भने, 'म एघारौं महाधिवेशनदेखिको केन्द्रीय सदस्य हुँ। सीतादेवी यादव सिधै कोषाध्यक्ष हुनुभयो। म चैं कनिष्ठ कसरी भएँ?'

केन्द्रीय सदस्य र राजनीतिक हिसाबले सभापतिभन्दा खुमबहादुर खड्का निकै पुराना नेता रहेको भन्दै उनले भने, 'उहाँ कसरी ८ नम्बरमा पर्नुभयो?

लिखित रुपमा उनले पार्टीको भूमिका, संगठन सुदृढीकरण लागायतका विषयमा प्रश्न उठाउँदै दुई पृष्ठ लामो लिखित प्रस्ताव पनि राखेका छन्।

कात्तिक ९ गते बसेको केन्द्रीय समिति बैठकले वरिष्ठताको विवाद मिलाउन आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा समिति बनाएको थियो। तर समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन। नेताहरुबीच कार्यसम्पादन समितिमा मनोनीत हुने सदस्यमा केन्द्रीय कार्यसमितिको रोलक्रममा रहेकालाई मनोनीत गर्ने सहमति भएपछि विवाद चुलिएको हो। यस आधारमा मनोनयन गर्दा समितिका केही प्रभावशाली सदस्य समितिमा नपर्ने र निष्क्रिय रहेका पनि कार्यसम्पादन समितिका सदस्य बन्ने भएपछि नेताहरुले फरक मत राखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell