PahiloPost

Mar 13, 2025 | २९ फागुन २०८१

भारतीय सेनाले दियो नेपाली सेनालाई सात घोडा उपहार

भारतीय सेनाले दियो नेपाली सेनालाई सात घोडा उपहार

पहिलोपोस्ट /पहिलोपोस्ट

काठमाडौँ : भारतीय सेनाले नेपाली सेनालाई सात घोडा उपहार दिएको छ। नेपालको भ्रमणमा रहेका भारतीय सेना प्रमुख विपिन रावतले नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्रीलाई सात घोडा हस्तान्तरण गरेका हुन्।

नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजित कार्यक्रममा उनले क्षेत्रीलाई भारतको तर्फबाट घोडा उपहार दिएका हुन्। चार दिने नेपाल भ्रमणमा रहेका रावतलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाध्यक्षको उपाधी प्रदान गर्दैछिन्।

उनले आजै प्रधानमन्त्री प्रचण्ड सहित उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यस्तै रावतले मुक्तिनाथ र पोखराको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ। उनी मंगलबार काठमाडौँ आइपुगेका हुन्।

नेपालको भ्रमणमा रहेका भारतीय सेना प्रमुख विपिन रावत नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्रीलाई सात घोडा हस्तान्तरण गर्दै । फोटो : भारतीय दुतावास

ट्रेन्डिङ पोस्ट

Ncell