PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीबाट गैँडा मारियो



रासस

चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारीबाट गैँडा मारियो

चितवन : लगातार तेस्रो वर्ष शून्य चोरी सिकार वर्ष मनाउने तयारी गरिरहँदा चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीबाट मारिएको छ। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार आज बिहान खाग नभएको अवस्थामा एउटा भाले गैँडा मृत फेला परेको हो। 

चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत जगतपुरको हरियाली सामुदायिक वनमा चोरी सिकारीले मारेको अवस्थामा गैँडा फेला परेको जानकारी आएको अर्यालले जानकारी दिए।

अहिले सो क्षेत्रमा निकुञ्जको टोली परिचालन गरिएको र विस्तृत विवरण भने आउन बाँकी रहेको अर्यालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell