झापा: झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन्। उनले ११ हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरिन्। उपाध्यक्षमा एमालेकी भवानीप्रसाद खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर…
सुर्खेत: सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्। नेपाली कांगे्रस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमालेका ऐनबहादुर चन्द तथा उपाध्यक्षमा गोमा शर्मा (रेग्मी) विजयी भएका हुन्। अध्यक्ष पदमा विजयी चन्दले छ हजार १७० र उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरे। उपाध्यक्षमा विजयी शर्माले छ हजार ९१…
सप्तरी: सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ। नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर माओवादी केन्द्र नगरप्रमुखमा विजयी भएको हो। प्रमुखमा जयप्रकाश चौधरी ५ हजार ८८२ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत ल्याए। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रमुख…
सुरुङ्गा : ट्रकको ठक्करबाट झापामा एक व्यक्तिको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड-२ स्थित रामचोक नजिकै ट्रकको ठक्करबाट बिर्तामोड-४ का ५२ वर्षीय टङ्क काफ्लेको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो। प्रदेश-१-१०-००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको…
रामपुर : पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन। वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो। मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए। निर्वाचन आयोगबाट मतगणना कार्य गर्न आदेश आए…
बझाङ : यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र) दुई र नेकपा (एकीकृत समाजवादी)ले एक स्थानीय तहमा जित हासिल गरेको छ। कांग्रेसले बित्थडचिर, सुर्मा, मष्टा र खप्तडछान्ना गाउँपालिका तथा बुङगल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ। एमाले साइपाल, तल्कोट र…
विराटनगर : गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मतपरिणाम आज सार्वजनिक भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बलभद्र सरदार थारुले सात हजार ८८० मत प्राप्त गरे। उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५०…
चन्द्रौटा : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा (एमाले)ले जित हात पारेको छ भने कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीले विजय हासिल गरेको छ। वाणगङ्गामा एमालेका नगर प्रमुखका उम्मेदवार चक्रपाणी अर्यालले १८ हजार ९९९ मत प्राप्त गरी निर्वाचन जितेका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गरे। दुवैबिच ६३९ मतको अन्तर…
लमजुङ : मनाङसँग सिमाना जोडिएको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा (एमाले)का अर्जुन गुरुङ निर्वाचित भएका छन्। सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ मतान्तरले हराउँदै गुरुङ पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचिन अधिकृत उदयराज काफ्लेका अनुसार विजयी गुरुङले ६ हजार १३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका घिमिरेले चार हजार ३६९ मत प्राप्त गरे। यसअघि…
पाँचथर: पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। प्रमुखमा कांग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका हुन्। काफ्लेले नौ हजार ८५५ मत प्राप्त गरे। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पृथ्वी लावतीलाई ६०५ मतान्तरले पराजित गरे। लावतीले नौ हजार २८० मत प्राप्त गरे। प्रमुखमा मङ्गोल नेशनल अर्गनाइजेसनका हरिचन्द्र नेम्वाङले २८८, जनता…
चरिकोटः दोलखाको गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन्। उनीहरुले एमालेका जङ्गबहादुर गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन्। चार हजार ७५१ मतसहित कार्की निर्वाचित भएका हुन्। एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गरे। उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गर्दा प्रत्यासी…
मकवानपुरः मकवानपुरको मनहरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबार सार्वजनिक मतपरिणामअनुसार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सीता पुलामी विजयी भएकी हुन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार अध्यक्षमा निर्वाचित कालाखेतीले निवर्तमान अध्यक्षसमेत रहेका एमालेका एकराज उप्रेतीलाई चार हजार ३४६ मतको फराकिलो अन्तरले पराजित गरे। कालाखेतीले नौ हजार ३१६ मत…
सप्तरीः सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गाउँपालिका अध्यक्षमा एमालेका ओमप्रकाश मण्डलले चार हजार १४९ मत ल्याएर विजयी भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी जसपा नेपालका सुरेन्द्रप्रसाद यादवले तीन हजार ८०७ मत प्राप्त गरे। गाउँपालिका उपाध्यक्षमा जनता समाजवादीका रेणुदेवी मण्डल निर्वाचित भइन्। उनले तीन हजार ८३० मत…
स्याङ्जाः स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन्। पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकाको प्रमुख/उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको हो। त्यस्तै कालीगण्डकी, आँधीखोला, बिरुवा, हरिनाश, फेदीखोला गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष तथा…
पर्साः पर्साको कालिकामाई गाउँपालिकामा सबैभन्दा कान्छो उम्मेदवार २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीबाट कालिकामाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका गुप्ता आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। यसैगरी कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षकी उम्मेदवार सहानी खातुनलाई १११ मत अन्तरले पराजित गरी नेपाली कांग्रेसकी राजमतीदेवी बरैनी निर्वाचित…
नवलपुर : स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्। गाउँपालिकाको अध्यक्षमा घनश्याम गिरी निर्वाचित भएका हुन्। गिरीले सात हजार ६५८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर जिसीले सात हजार ५५९ मत प्राप्त गरे। एमालेका गिरीसँग पराजित जिसी निवर्तमान गाउँपालिका अध्यक्ष हुन्।…
इनरुवा : सुनसरीको देवानगञ्ज गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार बेचन प्रसाद मेहता विजयी भएका छन्। मेहताले ६ हजार ८७४ मत प्राप्त गरेका छन्। पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार श्यामलाल मेहताले ६ हजार ३५८ मत पाए। उपाध्यक्षतर्फ कांग्रेसकी उम्मेदवार कुमारी विभा यादव विजयी भएकी छन्। यादवले ६ हजार ११२ मत ल्याउँदा पराजित जसपाकी आशमनी कुमारी यादवले ६ हजार ९७ मत…
किमाथाङ्का : स्थानीय तहको निर्वाचनमा सङ्खुवासभाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले छ र नेकपा (एमाले) ले चारवटा पालिका प्रमुख जितेका छन्। २०७४ को निर्वाचनमा कांग्रेस र एमाले पाँच/पाँच प्रमुख तथा अध्यक्ष जितेका थिए। कांग्रेसले खाँदबारी नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ। एमालेका उम्मेदारहरु मादी नगरपालिका, धर्मदेवी नगरपालिका, चैनपुर नगरपालिका र…
भोजपुर : भोजपुरको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ। यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। यहाँ एमाले र कांग्रेसले तीन-तीन, नेकपा (माओवादी केन्द्र) दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। षडानन्द नगरपालिका, पौवादुङमा गाउँपालिका र हतुवागढी गाउँपालिकामा एमालेले, भोजपुर नगरपालिका, अरुण र टेम्केमैयुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसले जित हासिल…
नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो। गैँडाकोटको नगरप्रमुखमा कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित भएका छन्। नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी भएका हुन्। नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार…